- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाका थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा मंगलबार साँझ गरिएको परीक्षणका क्रममा ५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो ।

जिल्ला अस्पतालमा कार्यरत ३४ बर्षीया स्वास्थ्यकर्मी महिलामा आईतबार कोरोनाको संक्रमण भेटिएपछि उनको सम्पर्कमा पुगेका ८३ जनाको सोमबार स्वाब संकलन गरी धरान पठाईएको थियो ।

संक्रमित स्वास्थ्यकर्मीबाट अरुमा पनि संक्रमण फैलिएको हुनसक्ने आशंकामा अस्पतालमा उपचाररत बिरामी, कुरुवा, सुरक्षाकर्मी र अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा उनीहरुको परिवारका सदस्यको स्वाब परीक्षणका लागि पठाईएको थियो ।

जसमध्ये ६७ वटा स्वाब परीक्षण गर्दा चार पुरुष र एक महिलामा कोरोना संक्रमण भेटिएको स्रोतले संगालोखबरलाई जानकारी दिएको छ । बाँकीको स्वाब परीक्षण भईरहेको छ । योसँगै धनकुटामा कोरोना संक्रमितको संख्या ६ पुगेको छ ।

Update News…

धनकुटामा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र परिवारका सदस्यमा पनि भेटियो कोरोना संक्रमण

 

धनकुटामा थपिएका पाँच कोरोना संक्रमित आईसोलेशनमा, बुधबार बिराटनगर लगिने

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!