- संगालोखबर सम्वाददाता
फाईल तस्वीर

सोलुखुम्बु । सोलुखुम्बुको सोताङमा श्रीमतीले खुकुरी प्रहार गर्दा श्रीमान घाईते भएका छन् । श्रीमतीले टाउकोमा कुखुरीले हान्दा सोताङका ४५ बर्षीय प्रताप सिंह राई घाईते भएका हुन् ।

४६ बर्षीया परीमाया राईले आफ्नै श्रीमान प्रताबलाई खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बिहिबार दिउँसो साढे ३ बजे घरमा बसिरहेका बेला मादक पदार्थ सेवन गरेर आएकी परीमायाले प्रतापमाथि खुकुरी प्रहार गरेकी हुन् ।

Advertisement

खुकुरीले टाउकोमा चोट लागेर घाईते भएका प्रतापको स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भईरहेको छ । मादक पदार्थ सेवन गरेर घर आएकी परीमायाले सामान्य विवादमा श्रीमानालाई खुकुरी प्रहार गरेर फरार भएकी थिईन् ।

घटनाको जानकारी पाएपछि ईलाका प्रहरी कार्यालय सोताङबाट पुगेको प्रहरी टोलीले परीमायालाई पक्राउ गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!