संगालोखबर सम्वाददाता

विराटनगर । आर्थिक मामिला तथा योजना मन्त्रालय प्रदेश नं. १ का कर्मचारीलाई घुस रकम बुझाउन खोज्ने जलश्रोत तथा सिचाँई विकास डिभिजन कार्यालय मोरङका डिभिजन प्रमुख आनन्दकुमार झालाई बुधबार अख्तियारले पक्राउ गरेको छ ।

Advertisement

डिभिजन प्रमुख झाले आर्थिक मामिला तथा योजना मन्त्रालयको बजेट योजना तथा कार्यक्रम महाशाखामा कार्यरत शाखा अधिकृत विदुर पौडेललाई १० हजार रकम बुझाउन खोजेको थिए । झाले खाममा राखेर पौडेलको कार्यकक्षको टेबलको घर्रामा पैसा राखिदिएका थिए ।

खाम आफ्नो टेबलको घर्रामा झाले राखिदिएपछि पौडेलले यो के हो भनेर सोध्दा न भनेको पौडेलले बताएका छन् । साथै झाले आफूले पौडेललाई १० हजार नगद खाममा राखेर टेबलमा राखिदिएको तर पौडेलले अस्विकार गरेको बताएका छन् । उक्त घटनापछि शाखा अधिकृत पौडेलले भष्ट्राचार जन्य कसुरमा सजाय गराई पाउँ भनि निवेदन दिएका थिए ।

घटनाको जानकारी पाएपछि प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले घटनामा संलग्नलाई अख्तियारमा बुझाउन निर्देशन दिएका थिए । लगत्तै अख्तियारको इटहरी स्थित कार्यालयले झालाई पक्राउ गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयमा महिनौदेखि अन्य मन्त्रालय तथा कार्यालयहरुको फाइल रोकिदै आएको गुनासो आउँने गरेको छ ।

भर्खरै मात्र पौडेल रहेको महाशाखाका प्रमुख उप सचिव हरिहर पौडेलको सरुवा भएको थियो । उक्त शाखामा कर्मचारीहरुले दुःख दिनुका साथै फायलसमेत हराउने, फ्याकिने र च्यातिने गरेको गुनासो अन्य मन्त्रालयका कर्मचारीहरुले गर्दै आएका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!