संगालोखबर सम्वाददाता
फायल तस्बीर

ताप्लेजुङ । ताप्लेजुङको मेवाखोलामा हामफालेर बेपत्ता भएका एक युवक मृत भेटिएका छन् । मिक्वाखोला गाउँपालिका–४ का २१ बर्षीय केशव खवास मृत फेला परेका हुन् । गत मंगलबार मेवाखोलामा हामफालेर उनी बेपत्ता भएका थिए ।

बेपत्ता खवासको खोजी गर्ने क्रममा शुक्रवार बेलुका ७ बजे घटनास्थल भन्दा करिव दुई सय मिटर तल मृत अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

Advertisement
सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!