संगालोखबर सम्वाददाता

सुनसरी । सुनसरीको हरिनगरा गाउँपालिका–७ कबिलासामा आज दिउँसो मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । घुस्कीबाट देवानगञ्जतर्फ जाँदै गरेको को.२ प.८८४६ नम्बरको मोटरसाईकल दिउँसो साँढे २ बजे अनियन्त्रित भई दुर्घटना भएको हो ।

Advertisement

दुर्घटनामा मोटरसाईकल चालक देवानगञ्ज गाउँपालिका–२ का २५ बर्षीय सजिम अंसारी घाईते भएका थिए ।

उपचारका लागि बिराटनगर स्थित गोल्डेन अस्पताल पुर्याईएका अन्सारीको उपचारका क्रममा करिब ४ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!