धनकुटामा नागरिकता र राहदानी किर्ते गरेको आरोपमा दुई जना पक्राउ
धनकुटा । धनकुटामा नागरिकता र राहदानी किर्ते गरेको आरोपमा प्रहरीले बुधबार दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महालक्ष्मी नगरपालिका–२ का ३० बर्षीय भीमराज लिम्बू र ३६ बर्षीय हडिन रोगु (लिम्बू) छन् ।
फरार रहेका हडिनलाई धरान र भीमराजलाई धनकुटा बजारबाट पक्राउ गरिएको धनकुटाका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक गोबिन्द अधिकारीले जानकारी दिए । एसपी अधिकारीका अनुसार भीमको नागरिकता हडिनले लगेर हराएक...



























