संगालोखबर सम्बाददाता

धनकुटा । धनकुटाकी एक बृद्धामा कोरोना संक्रमण पुष्टि भएको छ । धनकुटा नगरपालिका–३ निगालेकी ६१ बर्षीया बृद्धमा कोरोना संक्रमण पुष्टि भएको हो ।

Advertisement

धरानस्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

यसअघि धनकुटा टेलिकमका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको थियो । ती बाहेक यसअघि धनकुटामा संक्रमण पुष्टि भएका ४५ जना नै निको भईसकेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!