संगालोखबर सम्वाददाता

विराटनगर । प्रदेश १ का २४६ जनामा शनिवार कोरोना संक्रमण पुष्टि भएको छ । दैनिक संक्रमण संख्यामा यो अहिलेसम्मकै उच्च हो । सुनसरीमा १२२, मोरङमा १०२, झापामा ६, उदयपुरमा ५, खोटाङमा ४, संखुवासभा र ओखलढुङ्गामा ३/३ तथा धनकुटामा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Advertisement

मन्त्रालयका अनुसार सुनसरीको धरानमा ९८ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएका मध्ये ४८ महिला र ५० पुरुष छन् । सुनसरीको दुहवीमा ३ महिला ६ पुरुष, इटहरीमा १ महिला ७ पुरुष, रामधुनी, बराहक्षेत्र र बर्जुमा १/१ महिला तथा स्थानीय तह नखुलेका ४ पुरुषको रिपोर्ट पोजिटिभ आएको छ ।

मोरङको विराटनगरमा ३१ महिला ५६ पुरुष, सुनबर्षीमा ४ महिला १ पुरुष, ग्रामथानमा १ महिला ३ पुरुष, कटहरीमा २ पुरुष, उर्लाबारी, रतुवामाई र कानेपोखरीमा १/१ महिला तथा धनपालथानमा १ पुरुष संक्रमित भएका छन् । त्यस्तै, झापाको दमकमा १ महिला १ पुरुष, अर्जुनधारा, कमल, गौरादह र स्थानीय तह नखुलेका १/१ पुरुषको रिपोर्ट पाजिटिभ आएको छ ।

त्यस्तैगरी, उदयपुरको बेलकामा ५ पुरुष, खोटाङको खोटेहाङमा ४ पुरुष, संखुवासभाको चिचिलामा १ महिला २ पुरुष र ओखलढुङ्गामा ३ पुरुष संक्रमित भएका छन् । त्यस्तै, धनकुटाको महालक्ष्मीका १ पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय धनकुटाका अनुसार जिल्लामा स्वाब संकलन गरिएको नभई जिल्ला बाहिर रहेका बेला परीक्षण गर्दा उनमा संक्रमण देखिएको हो । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७ हजार ४३२ पुगेको छ । जसमध्ये ३ हजार ७२५ जना निको भएका छन् ।

यसैबीच, प्रदेश १ मा शनिवार २८७ जना कोरोना संक्रमित निको भएका छन् । होमआईसोलेसनमा रहेका २६३ जना निको भएका छन् । वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र वि.जेनरल अस्पताल हरिनगरबाट ९/९, गढी आईसोलेसन केन्द्रबाट ५ र होटल एशियाटिकबाट १ जना डिस्चार्ज भएका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!