धनकुटाको पात्ले खोलामा बस दुर्घटना

धनकुटाको पात्ले खोलामा बस दुर्घटना

धनकुटा । धनकुटा नगरपालिका–६ पात्ले खोला नजिक शुक्रबार दिउँसो बस दुर्घटना भएको छ । तेह्रथुमबाट धरानतर्फ जाँदै गरेको ना.६ ख १९७८ नम्बरको बस दिउँसो करिब २ बजे पात्ले खोला नजिक पल्टिएको हो । बस सडकमा पल्टिँदा एक जना घाईते भएका छन् । घाईते भएका धरान–७ का ४५ बर्षीय सन्देश मोहन चालिसेलाई उपचारका लागि धरानस्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाईएको धनकुटाका प्रहरी प्रमुख गोबिन्द अधिकारीले स...
धरानबाट लागुऔषधसहित दुई जना पक्राउ

धरानबाट लागुऔषधसहित दुई जना पक्राउ

सुनसरी । धरानको पुरानो बजारबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा २३ बर्षीय गणेश राउत र ४३ बर्षीय निरज भट्टराई छन् । विशेष सुराकका आधारमा गएराती करिब पौने ९ बजे ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई कोठाबाट नियन्त्रणमा लिएको हो । कोठामा खानतलासी गर्दा लुकाएर राखिएको अवस्थामा २० बोतल डाइलेक्सडिसी, ३०६ क्याप्सुल स्पामो टोक्सिभन, ४ क्याप्सुल नाईट्रोजन र न...
उर्लावारीमा ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

उर्लावारीमा ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

मोरङ । मोरङको उर्लावारीमा आज ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । ट्रकको ठक्करबाट मोटरसाईकल चालक उर्लाबारी–९ का २९ बर्षीय देउ कुमार लिम्बुको मृत्यु भएको हो । बिहान करिव साढे ६ बजे उर्लावारी जोरबाटोस्थित भित्री सडकखण्डमा ना.४ ख ३४४३ नम्बरको मालवाहक ट्रकले प्र.१–०२०–०४१ प २२२९ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक लिम्बु गम्भिर घाईते भएका थिए । घाईते भएका उनको विएण्...
धनकुटामा भदौको उत्कृष्ट प्रहरी बने शाक्य

धनकुटामा भदौको उत्कृष्ट प्रहरी बने शाक्य

धनकुटा । ईलाका प्रहरी कार्यालय पाख्रीवासमा कार्यरत प्रहरी नायव निरीक्षक उज्वल शाक्य भदौ महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन् । ईलाका प्रहरी कार्यालयका प्रमुखसमेत रहेका शाक्यलाई जिल्ला प्रहरी कार्यालय धनकुटाले भदौको ‘पुलिस अफ दी मन्थ’ घोषणा गरेको हो । फरार अपराधि पक्राउ गरेको, बिभिन्न निकायसँग समन्वय गरेर कार्यालय परिषरमा कम्पाउण्ड वाल, ग्यारेज निर्माण गरेको तथा कार्यालय सञ्चालन पूर्ण तवरले व्...
भेडेटारमा बिद्युतको टावरबाट झर्दा कामदार घाईते

भेडेटारमा बिद्युतको टावरबाट झर्दा कामदार घाईते

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटारमा निर्माणाधिन बिद्युत लाईनको टावरबाट झर्दा बिहिबार एक कामदार घाईते भएका छन् । निर्माणाधिन कोशी करिडोरको टावरमा काम गर्ने क्रममा दिउँसो करिब ३ बजे टावरबाट लड्दा भारतको कलकता घर भएका ३३ बर्षीय मोहमद हेसामुदिन घाईते भएका हुन् । पाथीभारा मन्दिर जाने बाटोमा क्यापिटल कम्पनीले निर्माण गर्दै गरेको टावरमा काम गर्ने क्रममा करिब १८ मिटर माथिबाट झर्दा हेसा...
प्रदेश १ मा थपिए १७५ कोरोना संक्रमित, १७४ डिस्चार्ज

प्रदेश १ मा थपिए १७५ कोरोना संक्रमित, १७४ डिस्चार्ज

विराटनगर । प्रदेश १ मा आज १ सय ७५ कोरोना संक्रमित थपिएका छन् । मोरङमा ९८, सुनसरीमा ६८, झापामा ७ तथा ताप्लेजुङ र भोजपुरमा १/१ कोरोना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ६८ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा २६ महिला र ४२ पुरुष छन् । मोरङको जहदामा ६ महिला ११ पुरुष, धनपालथानमा ४ पुरुष, ग्रामथानमा १ महिला २ पुरुष, कटहरीमा १ महिला १ पुरु...
झापामा करेन्ट लागेर एक जनाको मृत्यु

झापामा करेन्ट लागेर एक जनाको मृत्यु

झापा । झापामा करेन्ट लागेर आज एक जनाको मृत्यु भएको छ । करेन्ट लागेर भद्रपुर-६ रंगडाँडाका ४७ बर्षीय संजित राजबंशीको मृत्यु भएको हो । दिउँसो करिव १२ बजे बागडोरा खोलामा माछा मार्ने क्रममा करेन्ट लाग्दा उनी वेहोस भएका थिए । वेहोस भएका उनलाइ उपचारका लागि लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
सुनसरीमा बिजुलीको पोलमा मोटरसाईकल ठोक्किदा चालकको मृत्यु

सुनसरीमा बिजुलीको पोलमा मोटरसाईकल ठोक्किदा चालकको मृत्यु

सुनसरी । सुनसरीको हरिनगरामा गएराती मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुँनेमा हरिनगरा–४ का ३५ बर्षीय दिनेश मण्डल छन् । मण्डलले चलाएको को.१६ प.४७९४ नम्बरको मोटरसाईकल अनियन्त्रित भई हरिनगरास्थित रोडमा रहेको बिजुलीको पोलमा ठक्कर खाएर दुर्घटना भएको हो । मोटरसाईकल पोलमा ठोक्किएर नहरमा झर्दा सोही मोटरसाईकलले किचेर मण्डलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
धनकुटाको डाँडागाउँमा चाडपर्व लक्षित कोरोना सचेतना कार्यक्रम

धनकुटाको डाँडागाउँमा चाडपर्व लक्षित कोरोना सचेतना कार्यक्रम

धनकुटा । नजिकिदै गरेको चाडपर्वलाई लक्षित गरी धनकुटाको महालक्ष्मी नगरपालिका–३ डाँडागाउँमा कोरोना सम्बन्धि सचेतनामूलक कार्यक्रम गरिएको छ । महालक्ष्मी नगरपालिकाको आर्थिक सहयोगमा हाम्रो सुनिश्चित भविष्य नेपाल नामक गैरसरकारी सस्थाले पाँच दिने सचेतनामूलक कार्यक्रम गरेको हो । वडामा गाउँ–गाउँका मानिसहरुलाई प्रतिनिधिमूलक हिसावले जम्मा गरेर कोरोना सम्बन्धि सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको कार्यक्रम सं...
प्रदेश १ को पहिलो पाँचतारे होटल सञ्चालनमा

प्रदेश १ को पहिलो पाँचतारे होटल सञ्चालनमा

झापा । झापाको मेचीनगरमा डेढ सय करोडको लगानीमा मेची क्राउन नामक पाँचतारे होटल सञ्चालन भएको छ । बङ्गलादेश, भूटान र भारतीय पर्यटकलाई लक्षित गरेर पूर्वपश्चिम राजमार्गले छोएको मेचीनगर–८ जोरसिमलमा आठ विगाहा क्षेत्रफलमा होटलको संरचना निर्माण भएका छन् । होटल सञ्चालन गर्ने भेगास इन्टरटेन्मेन्ट प्रालिका अध्यक्ष पवित्रकुमार कार्कीले मूलुकको पर्यटन व्यवसायलाई समृद्ध तुल्याउन स्तरीय होटल आवश्यक हुने भएकोले ...
सडकमै बस्दै आएकी महिलाको उद्धार

सडकमै बस्दै आएकी महिलाको उद्धार

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–१ स्थित सडकमा बस्दै आएकी एक महिलालाई बुधबार साँझ सडकबाट उद्धार गरिएको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयको टोलीले महिलालाई सडकबाट उद्धार गरेको हो । नाम धना विश्वकर्मा र उमेर २१ बर्ष बताउँने उनले आफ्नो स्थायी ठेगाना भने बताउँदिनन् । उनी करिब एक साता अघिदेखि सडकमा बस्दै आएकी थिईन् । स्थानीय युवाहरुको उनको बारेमा मन्त्रालयमा जानकारी गराएपछि सामाजिक विकास मन्...
धनकुटा नगरपालिका वडा नं.९ ले सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउँने

धनकुटा नगरपालिका वडा नं.९ ले सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउँने

धनकुटा । धनकुटा नगरपालिका वडा नं.९ ले सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउँने भएको छ । आफ्नै एम्बुलेन्स खरिद गर्ने प्रकृया अन्तिम चरणमा पुर्याएको वडाले सुत्केरी गराउँन जाँदा–आउँदा निःशुल्क एम्बुलेन्स उपलब्ध गराउँने भएको हो । वडाबासी बिरामी हुँदा अस्पताल पुर्याउँन सहजताका लागि वडाले आफ्नै लगानीमा एम्बुलेन्स खरिद गर्न लागेको छ । एम्बुलेन्स खरिद गर्न सम्झौतासमेत भईसकेको छ । भारतबाट भन्...
प्रदेश १ कोरोना अपडेटः चार संक्रमितको मृत्यु, १५३ मा संक्रमण, ५३ डिस्चार्ज

प्रदेश १ कोरोना अपडेटः चार संक्रमितको मृत्यु, १५३ मा संक्रमण, ५३ डिस्चार्ज

विराटनगर । पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश १ मा चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमित सुनसरीका २ पुरुष र मोरङका १ पुरुषको मृत्यु भएको हो । प्रदेश १ कै अस्पतालमा उपचारका क्रममा प्रदेश १ बाहिरका एक संक्रमित पुरुषको पनि मृत्यु भएको छ । योसँगै प्रदेश १ मा मृत्यु हुँने कोरोना संक्रमितको संख्या ७१ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा प्रदेश १ स्थायी ठेगाना भए...
प्रदेश १ कोरोना अपडेट: तीनको मृत्यु, १६६ डिस्चार्ज, ११८ मा संक्रमण

प्रदेश १ कोरोना अपडेट: तीनको मृत्यु, १६६ डिस्चार्ज, ११८ मा संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टाको अवधिमा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । झापा, मोरङ र सुनसरीमा १/१ जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो । योसँगै प्रदेश १ मा मृत्यु हुँने कोरोना संक्रमितको संख्या ६७ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यता, प्रदेश १ मा आज १ सय १८ कोरोना संक्रमित थपिएका छन् । मोरङमा ८६, सुनसरीमा १९, झापामा ८, तेह्रथुममा २ तथा भोजपुर, उदयपुर र इलाममा...
उर्लाबारीमा होटल साहुको कुटाईबाट ग्राहकको मृत्यु

उर्लाबारीमा होटल साहुको कुटाईबाट ग्राहकको मृत्यु

मोरङ । मोरङको उर्लाबारीमा होटल साहुको कुटाईबाट ग्राहकको मृत्यु भएको छ । मृत्यु हुँनेमा संखुवासभा घर भई हाल उर्लाबारी–७ बस्दै आएका ३५ बर्षीय शुसिल मल्लिक छन् । उर्लाबारी–७ मा होटल सञ्चालन गर्दै आएका २६ बर्षीय गोपाल तामाङले कुटपिट गर्दा घाईते भएका मल्किकको मंगलबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । प्रहरीका अनुसार गत आईतबार होटलमा खाजा खान गएका बेला होटल साहु तामाङ र ग्राह...
खाटमुनि महिलाको शव फेला

खाटमुनि महिलाको शव फेला

झापा । झापाको गौरादह नगरपालिकामा एक महिलाको हत्या भएको छ । गौरादह नगरपालिका-१ का ६५ वर्षीया मनमाया भण्डारीको आज हत्या भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दुवै हात बाँधेको अवस्थामा आफ्नै घरभित्रको खाटमुनि उनको शव फेला परेको प्रहरीले जनाएको छ । हत्या किन र कसले गरेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए ।
बेलबारीमा असोज २३ गतेदेखि कक्षा ११ को परीक्षा हुने

बेलबारीमा असोज २३ गतेदेखि कक्षा ११ को परीक्षा हुने

बेलबारी । बेलबारी नगरपालिकामा असोज २३ गतेदेखि कक्षा ११ को परिक्षा संचालन हुँने भएको छ । बेलबारी नगरपालिका शिक्षा शाखाका प्रमुख भुपेन्द्र कोइरालाको अध्यक्षतामा सोमवार बसेको बैठकले असोज २३ देखि २८ गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । बैठकमा नगर क्षेत्र भित्र कक्षा ११ सञ्चालन गरिरहेका सामुदायिक तथा संस्थागत बिद्यालयका प्रद्यानाध्यापक तथा शिक्षकहरु पनि सहभागि थिए । नगर क्षेत्र भित्र परीक...
प्रदेश १ मा थप ७६ जनामा कोरोना संक्रमण पुष्टि

प्रदेश १ मा थप ७६ जनामा कोरोना संक्रमण पुष्टि

विराटनगर । प्रदेश १ मा आज थप ७६ जना कोरोना संक्रमित थपिएका छन् । मोरङका ३०, सुनसरीका ३६, ओखलढुङ्गाका ४, खोटाङ र झापाका २/२ र धनकुटा र इलामका १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरका ६ महिला १० पुरुष, बुढीगंगाका ६ पुरुष, बेलबारीका १ महिला १ पुरुष, सुन्दरहरैचाका १ महिला १ पुरुष, उर्लाबारीका १ पुरुष र स्थानीय तह नखुलेका १ महिला २ पुरुषमा संक्रमण द...
माईतबाट घर फर्कदै गर्दा खोलाले बगाएर महिलाको मृत्यु

माईतबाट घर फर्कदै गर्दा खोलाले बगाएर महिलाको मृत्यु

उदयपुर । उदयपुरमा खोलाले बगाएर एक महिलाको मृत्यु भएको छ । खोलाले बगाउँदा रौतामाई-२ की ५५ बर्षीया मैया लुङ्गेली मगरको मृत्यु भएको हो । गएराती करिव ८ बजे माईतबाट घर फर्कदै गर्दा रसुवा खोला तर्ने क्रममा उनलाई बगाएको थियो । खोलाले बगाएर झाडीमा अड्केको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
धनकुटाकी क्यान्सरपीडित ४ बर्षे बालिकाको उपचारका लागि जुट्यो ३ लाख ७६ हजार रकम

धनकुटाकी क्यान्सरपीडित ४ बर्षे बालिकाको उपचारका लागि जुट्यो ३ लाख ७६ हजार रकम

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका–१ हात्तिखर्ककी क्यान्सरपीडित ४ बर्षे बालिका साक्षी लिम्बूको उपचारका लागि ३ लाख ७६ हजार रकम संकलन भएको छ । हात्तिखर्कका गणेश तिगेला लिम्बूकी ब्लड क्यान्सर पीडित छोरी साक्षीको उपचारका लागि ३ लाख ७६ हजार ३ सय ५५ रुपैयाँ रकम संकलन भएको हो । छथर जोरपाटी गाउँपालिका खेलकुद बिकास समितीको अगुवाईमा सञ्चालन गरिएको ‘साक्षी लिम्बू बचाउ अभियान’ बाट संकलित उक्त रकम आईत...
बसको ठक्करबाट एकै परिवारका तीन जनाको मृत्यु

बसको ठक्करबाट एकै परिवारका तीन जनाको मृत्यु

बारा । बारामा आज बसको ठक्करबाट एकै परिवारका तीन जनाको मृत्यु भएको छ । जितपुर सिमरा–१ स्थित दुधौरा पुल नजिक बसको ठक्करबाट स्कुटीमा सवार बुबा, आमा र छोराको मृत्यु भएको हो । मृत्यु हुनेमा निजगढ नगरपालिका–१० लालका २६ वर्षीय तीर्थमान स्याङ्तान, उनकी श्रीमति २३ वर्षीया ज्योती र एक वर्षीय छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । निजगढबाट पथलैयातर्फ आउँदै गरेको ना.४.ख ७२४४ नम्बरको बस...
प्रदेश १ मा थपिए हालसम्मकै उच्च कोरोना संक्रमित

प्रदेश १ मा थपिए हालसम्मकै उच्च कोरोना संक्रमित

विराटनगर । प्रदेश १ मा आज १ सय ८० जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो हालसम्मकै उच्च हो । मोरङका १ सय ६७, सुनसरीका ७, झापाका ३, भोजपुरका २ र तेह्रथुमका १ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरका १ सय ३० जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा ५१ महिला र ७९ जना पुरुष छन् । मोरङको कटहरीमा ८ महिला ९ पुरुष, बुढीग...
धनकुटाको दमारमा मोटरसाईकल दुर्घटना

धनकुटाको दमारमा मोटरसाईकल दुर्घटना

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–४ दमारमा मोटरसाईकल दुर्घटना हुँदा चालक घाईते भएका छन् । घाईते हुँनेमा संखुवासभाको सभापोखरी–४ का २५ बर्षीय रोशन वनेम लिम्बु छन् । धनकुटाको लेगुवाबाट संखुवासभाको खाँदबारीतर्फ जाँदै गरेको प्र.३.०२००९ प.०६१९ नं. को मोटरसाईकल गएराती करिब १० बजे दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाईते भएका लिम्बुलाई उपचारका लागि जिल्ला अस्पताल खाँदबारी लगिएको छ । हिल...
गुडिरहेको ट्याक्टरबाट खसेर एक जनाको मृत्यु

गुडिरहेको ट्याक्टरबाट खसेर एक जनाको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा गुडिरहेको ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । मेची राजमार्गअन्तर्गत फुङलिङ नगरपालिका–७ बहानन्दे सडकखण्डमा  सोही ठाउँका २७ वर्षीय दीपेन्द्र ओख्राबुको आज मृत्यु भएको हो । डेविट खिम्दिङ निर्माण कम्पनीको नाममा रहेको ना. ६ त ३००० नम्बरको ट्याक्टरबाट खसेका ओख्राबुको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ट्याक्टर काबेलीबाट बालुवा बोकेर सदरमुकामतर्फ...
प्रदेश १ मा एकैदिन ११९ कोरोना संक्रमित निको भए, थप १०४ जनामा संक्रमण

प्रदेश १ मा एकैदिन ११९ कोरोना संक्रमित निको भए, थप १०४ जनामा संक्रमण

विराटनगर । प्रदेश १ मा शनिवार एकैदिन ११९ कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । होम आईसोलेशनसहित बिभिन्न आईसोलेशन सेन्टरमा रहेका संक्रमितहरु निको भएका हुन् । होम आईसोलेसनमा रहेका ८९ जना निको भएका छन् । विराट मेडिकल कलेजबाट १९, कोभिड– १९ आईसोलेसन अस्पताल गोठगाँउबाट ५, नोवेल मेडिकल कलेजबाट ३, भानुजन मावि आईसोलेसन ताप्लेजुङ, बैजनाथपुर आईसोलेसन विराटनगर र कोभिड–१९ आईसोलेसन केन्द्र चौदण्डीगढी उदयपु...
धनकुटा आईसीडीको अध्यक्षमा कुँवर

धनकुटा आईसीडीको अध्यक्षमा कुँवर

धनकुटा । मार्क्सवाद अध्ययनमा रुची राख्ने अनेरास्ववियू धनकुटा सम्बद्ध विद्यार्थीहरु संगठित भएका छन् । मार्क्सवाद अध्ययनमा रुची राखी मार्क्सवादको अध्ययन र प्रयोगबाट मात्रै समाजवाद प्राप्त हुन्छ भन्ने विद्यार्थीहरुले ‘ईन्स्टिच्यूट अफ क्रीटिकल डाईलग’ (आईसीडी) जिल्ला कमिटी गठन गरेका हुन् । आईसीडी प्रदेश कमिटी सह–सचिव प्रकाश गिरीको अगुवाईमा भएको विद्यार्थीहरुको भेलाले केशव कुँवरको अध्यक्षतामा १९ सदस्...
बिर्तामोडमा माइक्रोबसको ठक्करबाट पाँचथरका लिम्बुको मृत्यु

बिर्तामोडमा माइक्रोबसको ठक्करबाट पाँचथरका लिम्बुको मृत्यु

झापा । झापाको बिर्तामोड–५ मा गएराती माईक्रोबसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुँनेमा पाँचथर याङ्बरक–३ का ५० बर्षीय वृखध्वज लिम्बु छन् । हिडिरहेको अवस्थामा लिम्बुलाई राती करिब सवा ९ बजे बा.४ ख.५१०० नम्बरको माइक्रोबसले ठक्कर दिदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ठक्कर दिने माईक्रोबस र चालक भद्रपुरका बाबुराम कटेललाई ईलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्र...
प्रदेश १ मा थप ७९ जनामा कोरोना संक्रमण, ३८ जना डिस्चार्ज

प्रदेश १ मा थप ७९ जनामा कोरोना संक्रमण, ३८ जना डिस्चार्ज

विराटनगर । प्रदेश १ मा आज ७९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४१, सुनसरीमा २५, झापामा १२ र ताप्लेजुङमा १ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरका ८ महिला १६ पुरुष, बुढीगंगाका ५ जना, बेलबारी र धनपालथानका ३/३ जना, मिक्लाजुङ, सुन्दरहरैचा, उर्लाबारी, जहदा, कानेपोखरीमा १/१ पुरुष र रंगेलीमा १ महिलामा संक्रमण देखिएको हो । त्यस्तै सुनसरीको इटहरीमा २ मह...
धरानमा थप दुई कारोना संक्रमितको मृत्यु

धरानमा थप दुई कारोना संक्रमितको मृत्यु

धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ । प्रतिष्ठानमा मोरङका ५५ वर्षीय पुरुष र सप्तरीका ७० वर्षीय बृद्धको मृत्यु भएको हो । मोरङको कानेपोखरी-१ का संक्रमित पुरुषको बिहीबार साँझ साढे आठ बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. दिनेश सापकोटाले जानकारी दिए । उनलाई आन्द्राको क्यान्सर थियो । क्यान्सर शरीरका अन्य भागमासमेत फैलिसकेको अवस्था र...
धरानमा रुखको हाँगा झरेर लाग्दा बहिनीको मृत्यु, दिदी घाईते

धरानमा रुखको हाँगा झरेर लाग्दा बहिनीको मृत्यु, दिदी घाईते

सुनसरी । धरानमा रुखको हाँगा झरेर लाग्दा एक बालिकाको मृत्यु भएको छ । घर नजिक हिड्दै गरेको अवस्थामा रुखको हाँगा झरेर लाग्दा धरान उपमहानगरपालिका–१४ दुईधारेका बिष्णु राईकी ३ बर्षीया छोरी एबिसाको मृत्यु भएको हो । रुखको हाँगाले झरेर टाउकोमा लाग्दा एबिसा गंभीर घाईते भएकी थिईन् । उनलाई धरानबाट थप उपचारका लागि न्यूरो अस्पताल बिराटनगर लगिएको थियो । न्यूरोमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको...
मावली घरको छतबाट झर्दा बालिकाको मृत्यु

मावली घरको छतबाट झर्दा बालिकाको मृत्यु

झापा । झापामा छतबाट झर्दा गएराती एक बालिकाको मृत्यु भएको छ । बिर्तामोड–५ मा घरको छतबाट झर्दा १३ बर्षीया कृतिका भण्डारीको मृत्यु भएको हो । गएराती करिव १० बजे खाना खाईसकेपछी छतमा गएर तल हेर्ने क्रममा झर्दा बालिका गम्भिर घाईते भएकी थिईन् । उनलाई उपचारका लागि लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बालिका ५ दिन अघि काठमाडौंबाट मावली घरमा आएकी थिईन् । मावली घरकै छतब...
error: Content is protected !!