संगालोखबर सम्बाददाता

मोरङ । मोरङको बुढिगंगा गाउँपालिका–१ स्थित आरती स्ट्रीप्समा बुधबार दिउँसो करेन्ट लाग्दा एक कामदारको मृत्यु भएको छ । मृत्यु हुँनेमा बिराटनगर–८ का ४० बर्षीय अशोक चौधरी छन् ।

Advertisement

उद्योगमा ‘ईलेक्ट्रोनिक्स’ काम गर्दै आएका चौधरीलाई बिजुलीको काम गर्ने क्रममा दिउँसो करिब १२ बजे करेन्ट लागेको थियो । काम गर्ने क्रममा करेन्टको झड्का लागेर उनी दुई तलामाथिबाट भुईमा बजारिएका थिए ।

गंभीर घाईते भएका उनलाई उपचारका लागि नोबेल शिक्षण अस्पताल पुर्याईएको थियो । उपचारकै क्रममा दिउँसो करिब ३ बजे चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!