संगालोखबर सम्वाददाता

धनकुटा । प्रहरीले धनकुटा नगरपालिका र सहिदभूमी गाउँपालिकाका बिभिन्न स्थानमा गाँजा खेति फडानी गरेको छ । धनकुटा नगरपालिका–५, ६, ७ र सहिदभूमी–३ मा लगाईएको करिब ४ हजार ४ सय बोट गाँजा फडानी गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Advertisement

जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब निरीक्षक कुमार ढकालको नेतृत्वमा गएको प्रहरी टोलीले शनिवार धनकुटाको चुलिबन, जिरोप्वाईन्ट र कर्मिटारमा सडक छेउ, जंगल र खाली जग्गामा रहेका अबैध गाँजाका ३ हजार बोट फडानी गरेको हो । त्यस्तै सहिदभूमी गाउँपालिका–३ छिन्ताङ्गमा प्रहरीले करिब ९ रोपनी क्षेत्रफलको गाँजा खेति फडानी गरेको छ । च्याब्रुङ डाँडा, कोङलाङ्ग, खाराटोल, पञ्चकन्या लगायत क्षेत्रमा लगाईएको १ हजार ४ सय बोट गाँजा फडानी गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय छिन्ताङ्गबाट प्रहरी नायव निरीक्षक यदु खड्काको नेतृत्वमा खटिएको प्रहरीको ग्रामिण गस्ती टोलीले गाँजा फाँडेको हो । प्रहरीले केही साता अघि पनि सहिदभूमी क्षेत्रमा पाँच हजार भन्दा बढी गाँजाका बोट फडानी गरेको जिल्ला प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक गोबिन्द अधिकारी बताउँछन् । उनी भन्छन्–‘हामीले देखेको, भेटेको सबै ठाउँको गाँजा फडानी गरिरहेका छौ ।’

अघिल्लो बर्ष पनि प्रहरीले हजारौं बोट गाँजा फडानी गरिएको बताएको थियो । अबैध मानिने गाँजाको धनकुटामा व्यवसायीक खेति हुने गरेको छ । धनकुटामा बर्षेनी गाँजा लगाउँने र फडानी गर्ने क्रम चलिरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!