संगालोखबर सम्बाददाता
सांकेतिक तस्वीर

विराटनगर । मोरङको सुनवर्सी अमरदह बजारस्थित भित्री सडकखण्डमा टेम्पो र मोटरसाईकल जुध्दा एक जनाको मृत्यु भएको छ । टेम्पो र मोटरसाईकल एक आपसमा ठोक्किदा मोटरसाईकल चालक सुनवर्सी-२ का २० बर्षीय सुनिल खत्वेको मृत्यु भएको हो ।

आईतबार साँझ करिव ६ बजे १३ प. १७८५ नम्बरको मोटरसाईकल र वानटेष्ट टेम्पो एक आपसमा ठोक्किएर दुर्घटना हुँदा खत्वे गम्भिर घाईते भएका थिए । गोल्डेन अस्पताल विराटनगरमा उपचारका क्रममा साझँ साढे ७ बजे खत्वेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Advertisement

टेम्पो र टेम्पो चालक सुनवर्सी-९ डायनियाका ३८ बर्षीय मोहमद महफिललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!