संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटा नगरपालिका–६ मा बस्दै आएका टेलिकमका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालयले सो क्षेत्रमा आवत जावतमा प्रतिबन्ध लगाएको छ । प्रशासनले शनिवार सूचना जारी गर्दै टेलिकम आसपास क्षेत्रमा शनिवार राती १२ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि आवत जावतमा प्रतिबन्ध लगाएको हो ।

Advertisement

यता, टेलिकम कार्यालयलाई भने सिल गरिने भएको छ । सरस्वती चौकदेखि दक्षिण, महालक्ष्मी होटलदेखि उत्तर, कोशी राजमार्गदेखि पश्चिम र केशव श्रेष्ठ तथा रमेश पौडेलको घरदेखि पूर्वको क्षेत्रमा अनिश्चितकालका लागि आवत जावतमा प्रतिबन्ध लगाईएको प्रशासनले जनाएको छ ।

प्रतिबन्धित क्षेत्रमा अत्यावश्यक बाहेक काममा हिडडुल गर्न पाईने छैन । आदेश उल्लंघन गरेमा संक्रामक रोग ऐन बमोजिम ६ सय जरिवाना वा छ महिना कैद अथवा दुबै सजाय हुँनसक्ने प्रशासनले चेतावनी दिएको छ ।

नेपाल टेलिकम धनकुटामा कार्यरत ३४ बर्षीय पुरुषमा संक्रमण पुष्टि भएपछि संक्रमण थप फैलन नदिनका लागि प्रशासनले सो क्षेत्रमा आवतजावतमा प्रतिबन्ध लगाउँने निर्णय लिएको हो ।

यो पनि…

धनकुटामा टेलिकमका कर्मचारीमा कोरोना संक्रमण पुष्टि

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!