संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटामा प्रहरीले अबैध गाँजा खेति फडानीलाई तीब्रता दिएको छ । केही दिन यता नियमित गाँजा फडानी गर्दै आएको प्रहरीले आईतबार पनि सहिदभूमी गाउँपालिका र महालक्ष्मी नगरपालिकाका बिभिन्न स्थानमा तीन हजार भन्दा बढी गाँजाका बोट फडानी गरेको छ ।

Advertisement

सहिदभूमी गाउँपालिका–३ को डाँडा गाउँ, ४ नं. को खैराङ, खोकु शिरान लगायत स्थानमा लगाईएको करिब ११ रोपनी क्षेत्रफलको २ हजार ८ सय ५० बोट गाँजा फडानी गरि नष्ट गरिएको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय छिन्ताङबाट प्रहरी सहायक निरीक्षक निधिनाथ तिम्सिनाको नेतृत्वमा गएको प्रहरी टोलीले गाँजा फाँडेको हो ।

त्यस्तै, सहिदभूमी गाउँपालिका–२ तिलुवाटारस्थित बाटो छेउमा र खुल्ला स्थानमा उम्रिएको गाँजाका १०० बोट र कल्मी बिरुवा ४ सय बोट प्रहरीले नष्ट गरेको छ । प्रहरी चौकी त्रिबेणीबाट प्रहरी सहायक निरीक्षक अनिलकुमार राईको नेतृत्वमा गएको टोलीले गाँजा नष्ट गरेको हो ।

यता, प्रहरी चौकी जीतपुरबाट प्रहरी नायब निरीक्षक विरेन्द्र कार्कीको नेतृत्वमा खटिएको प्रहरी टोलीले महालक्ष्मी नगरपालिका–९ मुर्तिढुङ्गामा ४४ बोट गाँजा नष्ट गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यसअघि प्रहरीले शुक्रबार सहिदभूमीमा ३ हजार र शनिवार धनकुटा नगरक्षेत्रमा १ हजार ४ सय बोट गाँजा नष्ट गरेको थियो ।

धनकुटाका कतिपय स्थानमा अबैध गाँजाको व्यवसायिक खेति हुँने गरेको छ । गाँजा खेति प्रतिबन्धित भएकाले जिल्लाका सबै स्थानको गाँजा नष्ट गरिने धनकुटाका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक गोबिन्द अधिकारीले बताएका छन् ।

यो पनि…

धनकुटामा प्रहरीद्वारा गाँजा फडानी

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!