संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटामा शनिवार (आज) ७ घण्टा बिद्युत अवरुद्ध हुँने भएको छ । बिहान १० बजेदेखि साँझ ५ बजेसम्म बिद्युत अवरुद्ध हुँने भएको हो ।

Advertisement

बिद्युत प्राधिकरण धनकुटा वितरण केन्द्र अन्तर्रगत पर्ने भेडेटारदेखि धरान शव स्टेशनसम्मको ३३ के.भी. प्रशारण लाईन वरपरका बाँस, रुख, हाँगा र झाडी कटान गर्न बिद्युत अवरुद्ध गर्न लागिएको प्राधिकरण धनकुटा वितरण केन्द्रका प्रमुख दिपक सापकोटाले जानकारी दिए ।

सोही समयमा ३३ के.भी लाईनको जम्पर टाईट गर्ने, पिन डिस्क बदली गर्ने काम पनि गरिनेछ । प्राधिकरणले बेला–बेला बिद्युत अवरुद्ध गरेर लाईन मर्मत गर्दै आएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!