तेह्रथुम । तेह्रथुमका कोरोना संक्रमित एक युवाको सोमबार मृत्यु भएको छ । म्याङलुङ्ग नगरपालिका–१ का कोरोना संक्रमित ३१ बर्षीय युवाको मृत्यु भएको हो ।
धरानस्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारका क्रममा पीसीआर परीक्षण गर्दा आईतबार उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि प्रतिष्ठानको कोभिड–१९ आईसोलेशन भर्ना गरिएका उनको उपचारका क्रममा बिहान ९ः३० बजे मृत्यु भएको प्रतिष्ठानका सह–प्रवक्ता डा.आशिष श्रेष्ठले जानकारी दिए ।
उनलाई मृगौलासम्बन्धि समस्या पनि थियो । मृतकको अव प्रतिष्ठानमै छ । शव व्यवस्थापनको तयारी भईरहेको प्रतिष्ठानले जनाएको छ । यसअघि सोमबार बिहान नै धरानका ५५ बर्षीय कोरोना संक्रमित पुरुषको पनि प्रतिष्ठानमा मृत्यु भएको थियो ।