संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाका थप चार जनामा बुधबार कोरोना संक्रमण पुष्टि भएको छ । धरानस्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पीसीआर परीक्षण गर्दा महालक्ष्मी नगरपालिकाका शिक्षक र प्रहरीसहित चार जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

Advertisement

संक्रमण पुष्टि हुँनेमा महालक्ष्मी नगरपालिका–४ चानुवास्थित प्रहरी चौकीमा कार्यरत ४३ बर्षीय प्रहरी, महालक्ष्मी–२ मारेककटहरेका ३२ बर्षीय शिक्षक र विदेशबाट फर्किएका मारेकटहरेका दुई युवा छन् । महालक्ष्मी नगरपालिकाका १८ जनाको पीसीआर परीक्षण गर्दा उनीहरुको रिपोर्ट पोजिटिभ आएको नगरपालिकाका हेल्थ असिस्टेन्ट प्रेम भट्टराईले संगालोखबरलाई जानकारी दिए ।

योसँगै धनकुटामा कोरोना संक्रमण पुष्टि हुँनेको संख्या ५१ पुगेको छ । जसमध्ये ४५ जना निको भईसकेका छन् भने बाँकी दुई जना उपचाररत रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख तुलसी गुरागाईले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!