संगालोखबर सम्बाददाता

धनकुटा । धनकुटाका व्यवसायी उमेश घिमिरेले नेपाल उद्योग बाणिज्य महासंघको आसन्न निर्वाचनमा उम्मेद्वारी दिने भएका छन् । धनकुटा उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्षसमेत रहेका घिमिरेले महासंघको केन्द्रिय सदस्य पदमा उम्मेद्वारी दिने भएका हुन् ।

Advertisement

महासंघको चिर्वाचन आगामी मंसिर ११ र १२ गतेका लागि तय गरिएको छ । कोरोनाको महामारीका कारण तीन पटकसम्म मिति फेर्दै मंसिरमा निर्वाचन गर्ने तयारी गरिएको हो । सोही निर्वाचनमा धनकुटाबाट प्रतिनिधित्व गर्दै घिमिरे उम्मेद्वार बन्न लागेका हुन् । हिले घर भएका व्यवसायी घिमिरे नेकपा धनकुटाका युवा नेतासमेत हुन् ।

यसैबीच, धनकुटा उद्योग बाणिज्य संघको बैठकले घिमिरेलाई केन्द्रिय सदस्यमा बिजयी गराउँन अभियान चलाउँने निर्णय गरेको छ । धनकुटाबाट प्रतिनिधित्व गर्दै उम्मेद्वारी दिने तयारी गरेका घिमिरेलाई बिजयी गराउँन अभियान चलाउँने निर्णय भएको संघका अध्यक्ष विजय सन्तोषी राईले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!