संगालोखबर सम्बाददाता

विराटनगर । मोरङको बुढीगंगामा मोटरसाईकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मोटरसाईकलको ठक्करबाट बुढीगंगा–१ का ४२ बर्षीय कमल प्रसाद तावाहाङको मृत्यु भएको हो ।

Advertisement

गएराती करिव ९ बजे सडकमा पैदल हिडिरहेका तावाहाङलाई लु. ६१ प २५०२ नम्बरको मोटरसाईकलले ठक्कर दिँदा उनी गम्भीर घाईते भएका थिए । बिराट मेडिकल कलेज टिचिङ अस्पतालमा उपचारका क्रममा आज विहान करिव १ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

तावाहाङ सशस्त्र प्रहरी सहायक निरीक्षक हुन् । उनी सशस्त्र प्रहरी बल पाँचथरमा कार्यरत रहेपनि हाल विदामा घर आएका थिए ।

यता ठक्कर दिने मोटरसाईकल नियन्त्रणमा लिईएको छ भने चालक फरार रहेकाले उनको खोजी भईरहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!