संगालोखबर सम्बाददाता

सुनसरी । सुनसरीको ईनरुवा–३ स्थित राजमार्ग र कोशी गाँउपालिका–३ नहर चोकबाट प्रतिबन्धित लागुऔषधसहित तीन जना पक्राउ परेका छन । ईनरुवाबाट पक्राउ पर्नेमा सुनसरीको दुहबी–१० का २६ बर्षीय दिपककुमार यादब र हरीनगर–६ का ३४ बर्षीय सहिद मिया छन् ।

Advertisement

उनीहरुले राजमार्ग छेउको झाँडीमा लागुऔषध लुकाएर राखेको सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले दुबै जनालाई पक्राउ गरेको हो । उनीहरुले लुकाउदै गरेको बोरा चेकजाँच गर्दा १४० बोतल डायलेक्स डिसी, ३९६० क्याप्सुल स्पास्मो प्रोएक्भन प्लस र १३५० नेत्राभेट ट्याप्लेट बरामद भएको प्रहरीले जनाएको छ ।

त्यस्तैगरी, सुनसरीको कोशी गाँउपालिका–३ नहर चोकबाट २८ बर्षीय कमरुदिन मिया लागुऔषधसहित पक्राउ परेका छन् । जिल्ला प्रहरीको टोलीले विशेष सुराकका आधारमा उनलाई पक्राउ गरेको हो ।

उनले बोकेको झोला चेकजाँच गर्दा ४५ बोतल डायलेक्स डिसी र ३२८ क्याप्सुल स्पास्मो प्रोएक्भन प्लस बरामद भएको छ । पक्राउ परेका तीनै जनाविरुद्ध कारबाही प्रकृया अघि बढाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!