- संगालोखबर सम्वाददाता
फायल तस्वीर

सुनसरी । धरानस्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा बिरामी कुरुवाको पैसा चोर्दै गर्दा सुरक्षागार्ड रंगेहात पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्रतिष्ठानमा कार्यरत धरान ११ शिबजी चौकका ३६ वर्षीय सुरक्षागार्ड सुरज श्रेष्ठ छन् ।

अस्पतालमा उपचारका लागि बिरामी लिएर आएका कुरुवाको पर्सबाट चोरी गरेको पैसासहित श्रेष्ठलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले संगालोखबरलाई जानकारी दिए । उनका अनुसार घटना सोमबार राती करिब १० बजेको हो ।

Advertisement

सुरक्षागार्ड बसेका श्रेष्ठले बिरामी कुरुवा बराहक्षेत्र नगरपालिका–२ की ४२ बर्षीय दिलकुमारी राई निदाएका बेला उनको पर्स लगे । र, पैसा झिकेर पर्स अन्र्त फालिदिए । तर, उनले पर्स लगेर पैसा झिकेको अन्य बिरामी कुरुवाले देखेपछि घटना बाहिरिएकोे हो । बिरामी कुरुवा राईको पर्सबाट चोरी गरेको ९ हजार ५ सय ८० रुपैयाँ पैसा पनि सुरक्षागार्ड श्रेष्ठको साथबाट बरामद भएको डिएसपी बस्नेतले बताए ।

घटनापछि सुरक्षागार्ड श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । उनीबिरुद्ध चोरी मुद्दा दर्ता गरी कारबाही प्रकृया अघि बढाईएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । यसअघि पनि प्रतिष्ठानमा बिरामी तथा कुरुवाको नगद, मोवाईल, गरगहना लगायत चोरी हुँने गरेको थियो । तर, सुरक्षामा खटिएका गार्ड नै चोरीमा संलग्न भएको घटनाले प्रतिष्ठानको सुरक्षा व्यवस्थामाथि नै प्रश्न खडा गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!