संगालोखबर सम्वाददाता

बिराटनगर । मोरङको बेलबारी नगरपालिका–१० स्थित भाउन्नेमा शनिवार दिउँसो बस पल्टिँदा चार जना घाईते भएका छन् । धरानबाट काकडभिट्टा जाँदै गरेको को.१ ख.५०७९ नम्बरको बस पूर्व पश्चिम राजमार्गमा दुर्घटना भएको हो ।

Advertisement

दुर्घटनामा परी घाईते भएकाहरुलाई उपचारका लागि बिराटनगरस्थित न्यूरो अस्पताल ल्याईएको छ । घाईते मध्ये मोरङको पथरीका रमेश न्यौपानेको अवस्था गंभीर रहेको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । बाँकी तीन जनाको अवस्था सामान्य छ ।

यसअघि शुक्रबार धनकुटाको पात्ले खोला नजिक पनि यात्रुबाहक बस दुर्घटना भएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!