सुनसरी । धरानस्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा शनिवार बिहान २८ बर्षीय कोरोना संक्रमित युवतीको मृत्यु भएको छ । ईनरुवा–४ सुनसरीकी संक्रमित युवतीको बिहान करिब ४ः३० बजे मृत्यु भएको हो ।
अन्य कुनै दीर्घरोगसमेत नभएकी उनको उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानका सह–प्रवक्ता डा.आशिष श्रेष्ठले जानकारी दिए । असोज ८ गते प्रतिष्ठानमा भर्ना भएकी उनको पीसीआर परीक्षण गर्दा सोही दिन रिपोर्ट पोजिटिभ आएको थियो ।
पूर्वी नेपालमा मृत्यु भएका अधिकांस कोरोना संक्रमितमा अन्य दीर्घरोगसमेत रहेको पाईएको भएपनि अन्य दीर्घरोग नभएकी ती युवतीको मृत्यु भएको हो । मृतकको शवलाई व्यवस्थापनको तयारी भईरहेको प्रतिष्ठानले जनाएको छ ।