संगालोखबर सम्बाददाता

विराटनगर । प्रदेश १ मा बुधबार ३३९ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरङमा १६२, सुनसरीमा १३५, झापामा ३३, धनकुटामा ४, भोजपुर र इलाममा २/२ र पाँचथरमा १ जना कोरोना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Advertisement

मन्त्रालयका अनुसार विराटनगरमा १३७ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएका मध्ये ५७ महिला र ८० पुरुष छन् । मोरङको पथरीशनिश्चरेमा ४ पुरुष, रतुवामाईमा २ महिला १ पुरुष, रंगेलीमा २ महिला १ पुरुष, बेलबारीमा १ महिला २ पुरुष, सुन्दरहरैचामा २ महिला १ पुरुष, बुढीगंगा र ग्रामथानमा २/२ पुरुष, उर्लाबारी र धनपालथानमा १/१ पुरुष र स्थानीय तह नखुलेका १ महिला २ पुरुषको पीसीआर रिपोर्ट पाजिटिभ आएको छ ।

यता, सुनसरीको धरानमा ५३ महिला ६१ पुरुष, इटहरीमा ५ महिला ३ पुरुष, बराहक्षेत्र र दुहवीमा २/२ पुरुष, भोक्राहानरसिंहमा २ महिला, गढी, हरिनगर, रामधुनी, इनरुवामा १/१ पुरुष, बर्जुमा १ महिला र स्थानीय तह नखुलेका २ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै झापाको विर्तामोडमा २ महिला ४ पुरुष, भद्रपुरमा ६ पुरुष, दमकमा ३ महिला ३ पुरुष, गौरादहमा २ महिला २ पुरुष, मेचीनगरमा १ महिला १ पुरुष, कमल गाउँपालिकामा २ पुरुष, कचनकवलमा १ महिला, अर्जुनधारा, हल्दिबारी र शिवसताक्षीमा १/१ पुरुष र स्थानीय तह नखुलेका ३ पुरुषको रिपोर्ट पोजिटिभ आएको छ ।

धनकुटाको महालक्ष्मीमा २, धनकुटा नगरपालिकामा १ र स्थानीय तह नखुलेका १ पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको सामाजिक बिकास मन्त्रालयले जनाएको छ । भोजपुरमा १ महिला १ पुरुष, इलामको मांसेबुङ र देउमाईमा १/१ पुरुष र पाँचथरको फिदिममा १ पुरुष संक्रमित भएका छन् । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ८ हजार ४४७ पुगेको छ । जसमध्ये ४ हजार १३२ जना निको भएका छन् । बुधबार पनि प्रदेश १ का १० जना डिस्चार्ज भएका छन् । मेची अस्पतालबाट उनीहरु डिस्चार्ज भएका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!