संगालोखबर सम्बाददाता

विराटनगर । प्रदेश १ मा सोमबार १६२ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा १०५, मोरङमा ५२, झापामा २, धनकुटा, तेह्रथुम र ताप्लेजुङमा १/१ जना कोरोना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Advertisement

मन्त्रालयका अनुसार सुनसरीको इहटरीमा ५७ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा २२ महिला र ३५ पुरुष छन् । सुनसरीकै धरानमा २६ महिला र १५ पुरुषमा संक्रमण देखिएको छ । कोशी गाउँपालिकामा १ महिला १ पुरुष, दुहवी र बराहक्षेत्रमा १/१ पुरुष र स्थानीय तह नखुलेका ३ पुरुषको रिपोर्ट पोजिटिभ आएको छ ।

मोरङको विराटनगरमा २२ महिला १५ पुरुष, मिक्लाजुङमा २ महिला ३ पुरुष, बुढीगंगामा ४ पुरुष, जहदामा २, कटहरी, केराबारी, सुनबर्षी र बेलबारीमा १/१ जना संक्रमित भएका छन् ।

त्यस्तै, झापाको दमक र स्थानीय तह नखुलेका १/१ महिला, ताप्लेजुङको फक्ताङलुङमा १ पुरुष, धनकुटा नगरपालिका–१ का १ बृद्धा र तेह्रथुमको म्याङलुङका १ पुरुष संक्रमित भएका छन् । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७ हजार ७७५ पुगेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!