संगालोखबर सम्वाददाता

धनकुटा । नेपाल टेलिकम धनकुटामा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । टेलिकममा कार्यरत ३४ बर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो ।

Advertisement

बिराटनगर घर भएका उनी हाल धनकुटा–६ मा बस्दै आएका छन् । उनले धरानस्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गएर आफै स्वाब दिएका थिए । पीसीआर परीक्षण गर्दा उनको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख तुलसी गुरागाईले जानकारी दिए ।

यसअघि पनि धनकुटा टेलिकममा कार्यरत ४ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरु निको भईसकेका छन् । धनकुटामा यसअघि संक्रमण पुष्टि भएका ४५ जना नै निको भईसकेका छन् ।

यो पनि…

धनकुटा बजारको केही क्षेत्रमा आवत जावतमा प्रतिबन्ध, टेलिकम सिल

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!