संगालोखबर सम्बाददाता

विराटनगर । प्रदेश १ मा आईतबार १७५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ८७, सुनसरीमा ६४, झापामा १८, खोटाङमा ५ र उदयपुरमा १ जना कोरोना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Advertisement

मन्त्रालयका अनुसारमा विराटनगरका ६९ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा २६ महिला र ४३ पुरुष छन् । मोरङको कानेपोखरीमा २ महिला ८ पुरुष, कटहरीमा १ महिला १ पुरुष, बुढीगंगामा १ महिला १ पुरुष, धनपालथान, सुन्दरहरैचा, सुनबर्षी र जहदामा १/१ पुरुषको रिपोर्ट पोजिटिभ आएको छ ।

यता सुनसरीको इटहरीमा १९ महिला र २२ पुरुष, इनरुवामा ६ महिला ८ पुरुष, बर्जुमा २ महिला २ पुरुष, देवानगञ्जमा १ महिला र स्थानीय तह नखुलेका २ महिला २ पुरुष संक्रमित भएका छन् । झापाको विर्तामोडमा ३ महिला ७ पुरुष, दमकमा २ महिला ५ पुरुष र कनकाईमा १ पुरुषको पीसीआर रिपोर्ट पोजिटिभ आएको छ ।

खोटाङको जन्तेढुङ्गामा २ महिला २ पुरुष र स्थानीय तह नखुलेका १ महिला संक्रमित भएका छन् । उदयपुरको कटारीका १ पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७ हजार ६११ पुगेको छ । जसमध्ये ४ हजार ८८ जना निको भईसकेका छन् ।

प्रदेश १ मा आईतबार एकैदिन ३६३ जना कोरोना संक्रमित निको भएका छन् । होम आईसोलेसनमा रहेका ३४६ जना कोरोनामुक्त भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ८, मेची अस्पतालबाट ७ र विराट मेडिकल कलेजबाट २ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!