गोमा ढुंगाना/संगालोखबर

धनकुटा । धनकुटाको पाख्रीवासमा रुखमा छोएको बिद्युतको तारबाट करेन्ट लाग्दा सोमबार एक युवकको मृत्यु भएको छ । मृत्यु हुँनेमा पाख्रीवास नगरपालिका–५ दियालेका १७ बर्षीय अनिल थापा छन् ।

Advertisement

स्थानीय कमला तामाङको बारीको टाँकीको रुखमा घाँस झार्न चढेका बेला थापालाई बिहान करिब १० बजे करेन्ट लागेको हो । बिद्युतको ३३ केभी प्रशारण लाईनको नाङ्गो तारले टाँकीको हाँगामा छोएको थियो ।

सोही रुखमा घाँस झार्न चढेका उनको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको धनकुटाका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक गोबिन्द अधिकारीले संगालोखबरलाई जानकारी दिए । ‘बिजुलीको तारले रुखमा छोईरहेको रहेछ, ख्याल नगरी घाँस झार्न चढ्दा करेन्ट लागेछ ।’ एसपी अधिकारीले भने ।

करेन्ट लागेर मृत्यु भएका थापाको शव रुखमै अड्किर झुण्डिएको थियो । रुखबाट निकालेर उनको शवलाई पोष्टमार्टमका लागि धनकुटा जिल्ला अस्पताल ल्याईएको छ । गत असोज ८ गते पनि बिद्युतको पोल ढलेर लत्रिएको तारबाट करेन्ट लाग्दा धनकुटाको चौबिसे गाउँपालिका–३ का ५६ बर्षीय भक्त बहादुर दर्जीको मृत्यु भएको थियो ।

बिद्युत प्राधिकरणको लापरबाहीका कारण १० दिनको फरकमा धनकुटाका दुई जनाले ज्यान गुमाएका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!