प्रदेश १ मा थपिए ४३६ कोरोना संक्रमित
विराटनगर । प्रदेश १ मा बुधबार ४३६ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा १९७, मोरङमा १८५, झापामा ४६, उदयपुरमा ६, धनकुटा र इलाममा १/१ कोरोना संक्रमित थपिएका हुन् ।
सुनसरीको धरानमा ११४ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा ४९ महिला र ६५ पुरुष छन् । इनरुवाका ४८, इटहरीका १९, दुहवीका ८, बराहक्षेत्र र बर्जुका २/२, रामधुनी र हरिनगरका १–१ र स्थानीय तह नखुलेका २ जनाको रिपोर्ट पोजिटिभ आएको हो ।
...



























