संगालोखबर सम्बाददाता

विराटनगर । प्रदेश १ मा मंगलबार ३२५ जना कोरोना संक्रमित थपिएका छन् । ६६६ जनाको पीसीआर परीक्षण गर्दा १३२ पुरुष र १९३ महिलाको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो । दैनिक संक्रमण संख्यामा यो अहिलेसम्मकै उच्च हो ।

Advertisement

मोरङका २१०, सुनसरीका ९१, झापाका १७, संखुवासभाका ३, उदयपुरका २ तथा धनकुटा र खोटाङका १/१ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा १५० जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा ६९ महिला र ८१ पुरुष छन् । मोरङको सुन्दरहरैचामा १३ महिला ८ पुरुष, कटहरीमा ७ महिला १२ पुरुष, बुढीगंगामा १ महिला ४ पुरुष, रंगेलीमा १ महिला २ पुरुष, धनपालथानमा १ महिला २ पुरुष, रतुवामाईमा ३ पुरुष, जहदा, कानेपोखरी र पथरीशनिश्चरेमा १/१ पुरुष र स्थानीय तह नखुलेका ३ पुरुषको रिपोर्ट पोजिटिभ आएको छ ।

यता, सुनसरीको धरानमा २८ महिला २६ पुरुष, इटहरीमा ६ महिला १२ पुरुष, इनरुवामा १ महिला ४ पुरुष, रामधुनीमा २ महिला २ पुरुष, बर्जुमा १ महिला ३ पुरुष, दुहवी, भोक्राहानरसिंह र बराहक्षेत्रमा १/१ पुरुष, स्थानीय तह नखुलेका १ महिला २ पुरुष संक्रमित भएका छन् । झापाको भद्रपुरमा १ महिला ५ पुरुष, विर्तामोड र दमकमा ३/३ पुरुष, हल्दिबारीमा २ पुरुष, बाह्रदशी, अर्जुनधारा, बुद्धशान्तिमा १/१ पुरुष संक्रमित भएका छन् ।

त्यसैगरी संखुवासभाको खाँदबारीमा २, चैनपुरमा १ पुरुष र उदयपुरको त्रियुगामा २ पुरुषमा संक्रमण देखिएको छ । धनकुटाका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । यता, खोटाङको दिक्तेलका १ पुरुषको पीसीआर रिपोर्ट पनि पोजिटिभ आएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ८ हजार १०५ पुगेको छ । जसमध्ये ४ हजार १२२ जना निको भएका छन् ।

यसैबीच, प्रदेश १ मा मंगलबार ३२ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । जिल्ला अस्पताल संखुवासभाबाट ३०, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराट मेडिकल कलेजबाट १/१ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!