बाढीपहिरोमा परी ताप्लेजुङमा पाँचजनाको मृत्यु, ३४२ जना विस्थापित
ताप्लेजुङ । यो वर्षको मनसुन सुरु भएयता ताप्लेजुङमा बाढीपहिरोमा परी पाँचजनाले ज्यान गुमाएका छन् । बढीपहिरोका कारण ८१ घरका ३४२ जना विस्थापित भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
विस्थापित हुने अधिकांश सिरिजङ्घा, सिदिङ्वा, मिक्वाखोला र फक्ताङलुङ गाउँपालिका छन् । प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यका अनुसार आठवटा घरमा पूर्णरुपले क्षति भएको छ । यस्तै, जिल्लाका विभिन्न स्थानका ५५ वटा घर ...































