विराटनगर । विराटनगरको हाटखोला मैदानमा गायक दुर्गेश थापाको लाइभ कन्सर्ट हुने भएको छ । लाइभ इन्टरटेनमेन्ट र भाइरल इभेन्ट इन्टरटेनमेन्टको आयोजनामा बैशाख २६ गते थापाको कन्सर्ट हुने भएको हो ।
दुबै संस्थाले संयुक्तरूपमा कार्यक्रमको आयोजना गरेको संयोजक सन्तोष महतले बताए । दुर्गेश थापाको कन्सर्टसँगै फेसन शो लगायतका कार्यक्रम पनि राखिएको उनले जानकारी दिए । यस्तै स्थानीय खानाका परिकारको स्टल पनि राखिने उनको भनाइ छ ।
१३ लाख खर्च हुने अनुमान गरिएको कार्यक्रममा प्रवेशका लागि दुई र तीन सय दरका टिकट काट्नुपर्ने आयोजकले जनाएको छ । कार्यक्रमबाट बचेको रकम विपन्न परिवार र अपाङ्गता भएकालाई सहयोग गर्ने जनाइएको छ ।