संगालोखबर


विराटनगर । सुनसरीको बर्जु गाउँपालिका-३ नहर चोकबाट दुई क्विन्टल गाँजासहित दुई जना पक्राउ परेका छन् ।

सोमबार राति इलाका प्रहरी कार्यालय सीतागञ्जबाट खटिएको प्रहरी टोलीले भीमपुरबाट अमडुवा तर्फ जाँदै गरेको प्र १-०२-००२ च ५१२६ नम्बरको पिकअप गाडीबाट गाँजा बरामद गरेको हो ।

Advertisement

प्रहरीका अनुसार छ वटा बोरामा राखिएको अवस्थामा एक सय ९९.३ किलो गाँजा फेला परेको हो । पक्राउ पर्नेमा धनकुटा नगरपालिका-९ का उद्धव भण्डारी र कविराज राई छन् ।

प्रहरीका अनुसार भण्डारी पिकअप चालक हुन भने राई सह-चालक हुन् । उनीहरूका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!