किर्ते दस्तखत गरी विद्यालयको रकम झिक्ने कर्मचारी पक्राउ
झापा । झापाको मेचीनगरस्थित काँकडभिट्टा माध्यमिक विद्यालयको बैङ्क खाताबाट किर्ते दस्तखतका आधारमा चेक साटेर चार लाख १८ हजार रुपैयाँ झिकेको आरोपमा कार्यालय सहयोगी रोशन मल्लिक पक्राउ परेका छन् ।
मेचीनगर नगरपालिका–६ का मल्लिकले नेपाल बैंक लिमिटेड काँकडभिट्टाबाट २० पटक चेक साटेर त्यति रकम निकालेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी निरीक्षक कृष्णकुमार पोखरेलले बताए । विद्यालयको बैङ्क खाता प्र...





























