धनकुटाको देब्रेबासमा करेन्ट लागेर वृद्धको मृत्यु
धनकुटा । धनकुटामा करेन्ट लागेर एकजना वृद्धको मृत्यु भएको छ । प्रहरीका अनुसार धनकुटा नगरपालिका–४ देब्रेबासको गणेशधाराका ६० वर्षीय कुमार राईको मृत्यु भएको हो ।
आफ्नै घरमा बिजुलीको मल्टिप्लग जोड्ने क्रममा आज साँझ करेन्ट लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डीएसपी राजबाबु महर्जनले जानकारी दिए ।
करेन्ट लागेर घाइते भएका राईलाई उपचारका लागि धनकुटा जिल्ला अस्पताल लगिएको थियो । त्यहाँ...




























