धरानबाट लागूऔषधसहित दुई दम्पती पक्राउ
विराटनगर । सुनसरीबाट लागूऔषधसहित दुई दम्पती पक्राउ परेका छन् । धरान उपमहानगरपालिका-३ गौधाराबाट लागूऔषधसहित मेडिकल सञ्चालक दम्पती र धरान-८ बाट अर्को एक दम्पतीलाई प्रहरीले पक्राउ गरेको हो ।
गएराति मेडिकल पसलमा लागूऔषधको कारोबार भइरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले कार्टुनमा लुकाएर राखेको अवस्थामा नियन्त्रित लागूऔषध फेला पारेको थियो ।
प्रहरीले ट्रामोल दुई हजार क्याप्सुल र स्पास्पेन सात हजा...





























