संगालोखबर

विराटनगर । धनकुटाको राजारानीस्थित इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी सहायक निरीक्षक रुद्रबहादुर पराजुली कोशी प्रदेशको सर्वोत्कृष्ट प्रहरी बनेका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले धनकुटाको महालक्ष्मी नगरपालिका-७ जितपुर घर भएका पराजुलीलाई वैशाख महिनाको ‘वेष्ट पुलिस अफ दी मन्थ’ घोषणा गरेको हो ।

Advertisement

विभागीय मूल्यमान्यता, आदेश, निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ कर्तव्य निर्वाह गरेकाले पराजुलीलाई उत्कृष्ट प्रहरी घोषणा गरिएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

पराजुली नेतृत्वको प्रहरी टोलीले गत वैशाख १५ गते चौबिसे गाउँपालिका-५ बोधेबाट ना. ५ ख ६१५७ नम्बरको ट्रकमा लोड भएको ९४६ किलो गाँजासहित ओसारपसारमा संलग्न व्यक्तिलाई पक्राउ गर्न सफल भएको थियो । सो कामलाई प्रहरी संगठनले उत्कृष्ट भन्दै प्रशंसा गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालयले राम्रो काम गर्ने एक/एक जना प्रहरीलाई हरेक महिना उत्कृष्ट प्रहरी घोषणा गरेर प्रोत्साहनसहित सम्मान गर्ने गरेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!