
विराटनगर । कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिंह हाङगाम सवार बोलेरो गाडीलाई सिटी सफारीले ठक्कर दिएको छ । सोमबार साँझ विराटनगर-३ कञ्चनबारी चोकमा बरगाछीतर्फ जाँदै गरेको अवस्थामा सफारीले ठक्कर दिएको हो ।
मन्त्री सवार प्रदेश १-०४-००१ झ ०१०९ नम्बरको बोलेरो गाडीलाई ट्राफिक रेड लाइटमा रोकेको अवस्थामा प्र १०२-००४६ ५७६७ नम्बरको सिटी सफारीले ठक्कर दिएको प्रहरीले जनाएको छ ।
सिटी सफारीको ठक्करबाट मन्त्री सवार गाडीको पछाडि भागमा सामान्य क्षति पुगेको छ । सफारी चालक ४५ वर्षीय गणेश दाहाललाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीको भनाइ छ । चालकको सवारी चालक अनुमति पत्र नभएको प्रहरीले जनाएको छ ।