संगालोखबर

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिकाले प्रेमको प्रतीक मानिने ढुकुर जोडी जस्तै दम्पतीको खोजी गरेको छ । नगर क्षेत्रका उत्कृष्ट दम्पतीलाई ‘ढुकुर जोडी’ का रूपमा सम्मान गर्न कार्यक्रम ल्याइएको नगरपालिकाले जनाएको छ ।

Advertisement

उत्कृष्ट जोडीको तस्बिर  १२ वडा वडा कार्यालयमा एक वर्षसम्म राखिनेछ । ढुकुर जोडी छनोटका लागि नगरपालिकाले विभिन्न मापदण्ड बनाएको छ ।

विवाह गरेको १० वर्ष पूरा भएको हुनुपर्ने, विवाह दर्ता, स्थायी बासिन्दा, छोराछोरीको जन्मदर्ता, उमेर पुगेको भए छोराछोरीको नागरिकता बनाएको, बुवा-आमा वा सासू-ससुरासँग बसेको तथा उनीहरूलाई राम्रो हेरचाह गरेको हुनुपर्ने छ ।

यस्तै अदालत, प्रहरी चौकी, न्यायिक समिति लगायत निकायमा श्रीमान-श्रीमतीको झगडा परी निवेदन दर्ता नभएको, नेपालमै बसेको र विवाह भएको १० वर्षमा वैदेशिक रोजगारमा दुई वर्षभन्दा बढी नबसेका दम्पतीले सूचना प्रकाशित भएको १० दिनभित्र दरखास्त दिन सक्ने नगरपालिकाले जनाएको छ ।

यसले समाजमा सुखद दाम्पत्य जीवनको महत्वलाई उजागर गर्नुका साथै सम्बन्ध विच्छेद र लैङ्गिक हिंसाका घटनालाई न्यूनीकरण गर्ने नगरपालिकाले विश्वास लिइएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!