धनकुटा । जिल्ला प्रहरी कार्यालय धनकुटाले विभिन्न समयमा बरामद गरेको गाँजा जलाएर नष्ट गरेको छ । आज धनकुटा नगरपालिका-९ मूलघाट स्थित तमोर नदी किनारमा गाँजा जलाएर नष्ट गरिएको हो ।
धनकुटाका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार एक हजार आठ सय ३८ किलो गाँजासहित अन्य लागूऔषध जलाएर नष्ट गरिएको छ ।
ट्रामाडोल चार सय १४ क्याप्सुल, डाइजिपाम ५० ट्याब्लेट तथा स्पास्पेन र स्पासरेस्ट लेखिएको डाइसिक्लोमाइन औषधी तीन सय ३३ ट्याब्लेट समेत नष्ट गरिएको डीएसपी खनालले जानकारी दिए ।
बरामद भएको लागूऔषधबाट प्रयोगशालामा परीक्षण गर्न पठाउनको लागि कानूनले तोकेको निश्चित मात्रा छुट्याइ बाँकी अदालतको अनुमति बमोजिम नष्ट गरिएको उनको भनाइ छ ।