संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । विराटनगर-३ आयल निगम अगाडि स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा विराटनगर-६ का अन्दाजी ५५ वर्षीय मो. अब्दुल कलामको मृत्यु भएको हो ।

प्रहरीका अनुसार गएराति खार्जीबाट कन्चनबारीतर्फ आइरहेको प्रदेश १-०२-०५०५ ९७९६ नम्बरको स्कुटर आफैँ अनियन्त्रित भएर दुर्घटना भएको थियो ।

Advertisement

दुर्घटनामा घाइते भएका कलामलाई उपचारका लागि नोबेल अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!