धनकुटा । धनकुटाको सँगुरीगढी गाउँपालिका-६ भेडेटारबाट ५१ किलो गाँजासहित दुई जना पक्राउ परेका छन् ।
तेह्रथुमबाट इटहरीतर्फ जाँदै गरेको प्र १-०२-००१ ज ४४८० नम्बरको यात्रुबाहक इभी गाडीमा चेकजाँच गर्दा गाँजा भेटिएपछि उनीहरूलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा धनकुटाको सहिदभूमि गाउँपालिका-७ की २६ वर्षीय लक्ष्मी राई र इभी चालक तेह्रथुमको म्याङलुङ नगरपालिका-७ का ३७ वर्षीय प्रकाश गुरुङ छन् ।
उनीहरूका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको धनकुटा प्रहरीका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।