संगालोखबर
सांकेतिक तस्वीर

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-६ भेडेटारबाट १० किलो गाँजासहित एक जना पक्राउ परेका छन् । आज भोजपुरबाट धरानतर्फ जाँदै गरेको को १ ज ३१६२ नम्बरको बोलेरो गाडी चेकजाँच गर्दा गाँजा फेला परेको हो ।

धनकुटा प्रहरीका प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार पक्राउ पर्नेमा गाडी चालक धनकुटाको सहिदभूमि गाउँपालिका-६ का ३४ वर्षीय राजेश राई छन् ।

Advertisement

गाडीको छतमा जेब्रा झोलामा राखिएको अवस्थामा गाँजा बरामद भएको डीएसपी खनालले जानकारी दिए । गाँजासहित गाडी र चालकलाई जिल्ला प्रहरी कार्यालय धनकुटामा लगिएको छ । उनका सम्बन्धमा आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!