मोरङको रतुवामाईमा खोलाले बगाउँदा वृद्धा वेपत्ता
विराटनगर । मोरङको रतुवामाईमा खोलाले बगाउँदा एक वृद्धा बेपत्ता भएकी छिन् । आज दिउँसो वृद्धालाई रतुवा खोलाले बगाएको सूचना आएको इलाका प्रहरी कार्यालय सिजुवाका प्रहरी निरीक्षक होम प्रसाद अधिकारीले जानकारी दिए ।
रतुवामाई-७ सिजुवाकी ७२ वर्षीया डुरोदेवी राजवंशीलाई खोलाले बगाएको भनेर लिखित निवेदन आएको अधिकारीले संगालोखबरलाई जानकारी दिए । ‘स्थानीयले बगाएको भनेर खबर गरेका छन्’, अधिकारीले संगालोखबरसँग भने...































