सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका-९ उत्तरपानीमा अटोले ठक्कर दिँदा बालक गम्भीर घाइते भएका छन् । अटोको ठक्करबाट २ वर्षीय बालक नोर्गेन मोक्तान गम्भीर घाइते भएका हुन् ।

आज छिन्ताङबाट हिलेतर्फ जाँदै गरेको को २ ह २८२५ नम्बरको अटोले बालकलाई ठक्कर दिएको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए । उनका अनुसार बाटोमा बच्चा एक्कासि आएपछि अटो अनियन्त्रित हुँदा ठक्कर दिएको हो ।

Advertisement

बालकलाई स्थानीय अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागि न्युरो अस्पताल विराटनगर पठाइएको छ । अटो चालक धनकुटा नगरपालिका-१० का ३८ वर्षीय कुमार भट्टराई सामान्य घाइते भएका छन् ।

उनको प्रहरी निगरानीमा स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले डीएसपी खनालले जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!