संगालोखबर

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका-३ खाम्लुङको साक्फारामा बोलेरो गाडी दुर्घटना हुँदा ९  जना घाइते भएका छन् । नाल्बुबाट सदरमुकाम फुङलिङतर्फ आउँदै गरेको ज १ च १३१७ नम्बरको बोलेरो गाडी आज बिहान साढे १० बजे दुर्घटना भएको हो ।

दुर्घटनामा परी मेरिङदेन गाउँपालिका–६ नाल्बुका साङगे शेर्पा, १७ वर्षीया दावा शेर्पा, २६ वर्षीया छुनु माबो लिम्बू, १७ वर्षीया दावाचुङदा शेर्पा, ६८ वर्षीय भीमकुमार केदेम, २४ वर्षीय अञ्जना शेर्पा, ५१ वर्षीया गुबा शेर्पा र २३ वर्षीया फुर्लामु शेर्पा घाइते भएका छन् ।

घाइतेमध्ये दुई जनालाई थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । बाँकीको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

ब्रेक फेल भएर बोलेर दुर्घटना भएको ट्राफिक प्रहरीको अनुमान छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!