संगालोखबर


विराटनगर । कोशी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भएको छ । आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले सार्वजनिक गरेका हुन् ।

नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका विषयहरूलाई जोड दिइएको छ । निजामती आवासीय विद्यालय धनकुटालाई प्रदेशको नमूना विद्यालयका रूपमा विकास गर्ने, प्राविधिक शिक्षालयको विकास र विस्तारका लागि नीतिगत एवं संस्थागत व्यवस्था मिलाई क्षमता अभिवृद्धि गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

Advertisement

नीति तथा कार्यक्रममा प्रदेश अन्तरगतका खेलकुद संरचनालाई सुदृढ गर्ने र खेलग्राम विस्तार गर्ने, सबै प्रकारका विवाद र हिंसामुक्त प्रदेश निर्माणका लागि निरन्तरता दिइएको छ ।

यस्तै स्वास्थ्य बीमामा नागरिकको आवद्धता बढाउन स्थानीय तहसँग समन्वय गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

नीति तथा कार्यक्रम हेर्न (यहाँ) क्लिक गर्नुहोस् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!