२७ देश पुग्छ नेपालको छुर्पी
इलाम । नेपालमा उत्पादिन छुर्पी विभिन्न २७ देशमा पुग्ने गरेको छ । नेपालबाट वार्षिक तीन अर्ब रुपैयाँभन्दा बढीको छुर्पी निर्यात हुँदै आएको छ । वार्षिक करिब ३६ लाख किलो छुर्पी उत्पादन हुने गरेको नेपाल डेरी एसोसिएसनले जनाएको छ ।
भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ११ महिनामा १५ लाख ३७ हजार १८६ किलो छुर्पी निर्यात भएको छ । यसबाट २ अर्ब ९७ करोड ७५ लाख रुपैयाँ आम्दानी भएको विभागको तथ्यांकमा उल्लेख...































