धनकुटामा प्रहरीद्वारा दश हजार गाँजाको बोट नष्ट
धनकुटा । धनकुटाको विभिन्न स्थानमा अवैध तरिकाले लगाइएको गाँजा प्रहरीले नष्ट गरेको छ । पाख्रिबास नगरपालिका, सहिदभूमि र साँगुरीगढी गाउँपालिकाका विभिन्न स्थानमा प्रहरीले गाँजा नष्ट गरेको हो ।
आफैँ उम्रिएको तथा अवैध रूपमा लगाइएको गाँजाको बोट नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । इलाका प्रहरी कार्यालय छिन्ताङ, भेडेटार र प्रहरी चौकी हिलेबाट खटिएको प्रहरी टोलीले सहिदभूमिमा छ हजार पाँच...




























