खोटाङ अस्पतालले एक्सरे बन्द गर्दा बिरामीलाई समस्या

खोटाङ अस्पतालले एक्सरे बन्द गर्दा बिरामीलाई समस्या

खोटाङ । कर्मचारी बिदामा गएको भन्दै जिल्ला अस्पताल खोटाङले एक्सरे सेवा बन्द गर्दा बिरामीको उपचारमा समस्या भएको छ । अस्पतालमा कार्यरत दुई जना रेडियोग्राफर नै बिदामा गएको भन्दै अस्पतालले एक्सरे सेवा बन्द गरेको हो । एक जना रेडियोग्राफर बुबाको उपचारका लागि भारत गएको र अर्का रेडियोग्राफर पारिवारिक समस्याका कारण बिदा बसेकाले पाँच दिनका लागि एक्सरे सेवा बन्द गरिएको अस्पतालले जनाएको छ । अस्पतालले सूचना...
विराटनगर–ताप्लेजुङ गरियो परीक्षण उडान

विराटनगर–ताप्लेजुङ गरियो परीक्षण उडान

विराटनगर । नियमित उडान बन्द भएको १४ बर्षपछि बिहीबार विराटनगर–ताप्लेजुङ परीक्षण उडान गरिएको छ । नेपाल वायु सेवा निगमले प्रदेश राजधानी विराटनगर र ताप्लेजुङबीचको परीक्षण उडान गरेको हो । काठमाडौंबाट आएको जहाजले ताप्लेजुङ–विराटनगर–ताप्लेजुङ उडान गरेको छ । परीक्षण उडान गरिएपनि अब नियमित उडानको भने टुंगो लागेको छैन । ताप्लेजुङमा २०३२ सालमा विमानस्थल निर्माण भएको हो । त्यसयता २०६५ सालसम्म विराटनगर–ताप्...
सुनसरी-२ मा एमाले नेता भीम आचार्य बिजयी

सुनसरी-२ मा एमाले नेता भीम आचार्य बिजयी

सुनसरी । सुनसरी–२ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका नेता भीम आचार्य बिजयी भएका छन् । कांग्रेसका सीताराम महतोलाई ५ हजार ९ सय ५० मतान्तरले पराजित गर्दै नेता आचार्य बिजयी भएका हुन् । एमालेका आचार्यले ३२ हजार ८ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका महतोले २६ हजार ५८ मत पाएका छन् ।
तेह्रथुममा भोट हाल्न गएका बृद्धको मतदान केन्द्रमै मृत्यु

तेह्रथुममा भोट हाल्न गएका बृद्धको मतदान केन्द्रमै मृत्यु

तेह्रथुम । तेह्रथुममा मतदान गर्न गएका एक बृद्धको मतदान केन्द्रमै मृत्यु भएको छ । लालिगुराँस नगरपालिका ८ सोल्मास्थित रत्न माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा भोट हाल्न पुगेका स्थानीय ८८ वर्षीय योङहाङ दीप लिम्बूको मृत्यु भएको हो । उनी मतदान केन्द्रको गेटमै बेहोस भएर लडेका थिए । उनको मृत्युको कारण खुलेको छैन । उनी उक्त रक्तचापका बिरामीसमेत रहेको बताइएको छ ।
उदयपुरमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

उदयपुरमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१५ स्थित दहरमा आज ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा–१३ असारीमा २२ बर्षीय बिकाश राई छन् । विहान साढे ९ बजे गिट्टी बोकेर दहरबाट सिद्रेतर्फ जाँदै गरेको प्र २–०१–००१ त १०३३ नंम्बरको ट्याक्टर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा चालक राई घाइते भएका थिए । उनलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर ल्याइएको थियो । अस्पताल ...
ताप्लेजुङमा ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु

ताप्लेजुङमा ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिका–४ स्थित याम्फेवा खोला नजिक ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । गएराती ५५५६ नम्बरको ट्याक्टर दुर्घटना भएको हो । दुर्घटनामा ट्याक्टर चालक मैवाखोला–५ काम्सङका ३१ बर्षीय पासाङ शेर्पा, उनका भाई २४ बर्षीय फुर्वा शेर्पा, मैवाखोला–४ ओदकका २२ बर्षीया शर्मिला शेर्पा र उनकी बहिनी १७ बर्षीया लाकी शेर्पाको मृत्यु भएको हो । चारै जनाको घटनास्थलमै मृत्...
संखुवासभाको सभाखोला किनारमा गाडी राखेर नुहाउन गएका बाबुछोरा बेपत्ता

संखुवासभाको सभाखोला किनारमा गाडी राखेर नुहाउन गएका बाबुछोरा बेपत्ता

संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिका–९ स्थित सभाखोला किनारमा गाडी राखेर नुहाउन गएका बाबुछोरा बेपत्ता भएका छन् । खाँदबारी–७ का ४० वर्षीय तारानाथ काफ्ले र उनका छोरा १५ वर्षीय सनम बेपत्ता भएका हुन् । आफ्नै गाडी लिएर सोमबार सभाखोला गएका बाबुछोरा घर नफर्केपछि मंगलवार बिहान आफन्तले प्रहरीलाई खबर गरेका थिए । प्रदेश १–०२–००२ च ५९२० नम्बरको बलेरो जीप, कपडा, जुत्ता, मोबाइल फोन, साबुन लगायतका सामग्र...
खोटाङमा गुडिरहेको बसमा आगलागी

खोटाङमा गुडिरहेको बसमा आगलागी

खोटाङ । खोटाङमा आज साँझ गुडिरहेको बसमा आगो लागेको छ । हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित कदुवामा गुडिरहेको बा ३ ख ८९८१ नम्बरका यात्रुवाहक बसमा आगो लागेको हो । सो बस काठमाडौँबाट यात्रु लिएर खोटाङ आउँदै थियो । घटनामा मानवीय क्षति भने भएको छैन । तर, बस र बसमा भएका सामानहरु जलेर नष्ट भएको प्रहरीले जनाएको छ । गुड्दै गरेको बसको इन्जिनबाट आगो निस्केको यात्रुहरुले बताएका छन् । गुडिरहेको बसमा आ...
ताप्लेजुङ र झापामा माछा मार्ने क्रममा करेन्ट लाग्दा दुई जनाको मृत्यु

ताप्लेजुङ र झापामा माछा मार्ने क्रममा करेन्ट लाग्दा दुई जनाको मृत्यु

विराटनगर । ताप्लेजुङ र झापाका दुई छुट्टाछुट्टै स्थानमा माछा मार्ने क्रममा करेन्ट लाग्दा दुई जनाको मृत्यु भएको छ । माछा मार्ने क्रममा करेन्ट लाग्दा ताप्लेजुङको सिदिङवा गाउँपालिका–३ का २५ वर्षीय बिक्रम ताम्लिङको मृत्यु भएको छ । उनी सोमवार दिउँसो माछा मार्न भनेर साम्सिङ खोलामा गएका थिए । माछा मार्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको खबर पाएपछि मंगलबार ईलाका प्रहरी कार्यालय तेल्लोकबाट प्रहरी टोल...
उदयपुरमा मोटरसाइकल दुर्घटना हुँदा श्रीमानको मृत्यु, श्रीमती घाइते

उदयपुरमा मोटरसाइकल दुर्घटना हुँदा श्रीमानको मृत्यु, श्रीमती घाइते

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–१० खैराहा झोडास्थित मदन भण्डारी सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एक जना घाइते छन् । शनिवार दिउँसो करिव सवा १ बजे इटहरीबाट गाईघाटतर्फ आउँदै गरेको प्र १–०५००१ प ७४८५ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो । दुर्घटनामा मोटसाइकल चालक कटारी नगरपालिका–४ कान्छी बजारका २४ वर्षीय अभिषेक खड्का र मोटरसाइकलमा सवार उनकी श्रीमती २० वर्षीया संजिता ...
उदयपुरमा भीरबाट लडेर एक जनाको मृत्यु

उदयपुरमा भीरबाट लडेर एक जनाको मृत्यु

उदयपुर । उदयपुरमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कटारी नगरपालिका–१० सोताका ६० वर्षीय फौद बहादुर श्रेष्ठ छन् । मंगलवार राती करिव ९ बजे घर नजिकै रहेको गोदाममा किराना पसलको सामान राखेर घर फर्कने क्रममा उनी भीरबाट लडेका थिए । भीरबाट करिव २०० मिटर तल लड्दा घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । शव पोष्टमार्टमका लागिा कटारी अस्पताल लगिएको छ ।
पाँचथरमा ५ कक्षामा पढ्ने छात्रालाई बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ

पाँचथरमा ५ कक्षामा पढ्ने छात्रालाई बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ

पाँचथर । पाँचथरमा आफ्नै विद्यालयकी विद्यार्थीलाई बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन् । कक्षा ५ मा अध्ययनरत छात्रालाई बलात्कार गरेको आरोपमा याङ्वरक गाउँपालिका–४ को सनसाइन बोर्डिङ स्कुलका शिक्षक सरजित ठटाल पक्राउ परेका हुन् । भारतको दार्जिलिङ घर भएका शिक्षक ठटालले भदौ ३ गते साँझ ती बालिकालाई बलात्कार गरेको आरोप छ । घटनाका विषयमा बालिकाका आफन्तले प्रहरीमा जाहेरी दिएका थिए । घटनाको जानका...
उदयपुरमा गाँजा बेच्दै गर्दा महिला पक्राउ

उदयपुरमा गाँजा बेच्दै गर्दा महिला पक्राउ

उदयपुर । उदयपुरमा गाँजा बिक्री गरिरहेको अवस्थामा एक महिला पक्राउ परेकी छन् । चौदण्डीगढी नगरपालिका–३ स्कुलबारीकी ५९ वर्षीया लामु शेर्पालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । शेर्पाले गाँजा बिक्री गर्दै गरेको सूचना पाएपछि बसाह प्रहरी चौकीबाट गएको प्रहरी टोलीले आइतवार राती करिब ८ बजे घरबाटै उनलाई पक्राउ गरेको हो । उनको साथबाट १ किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ । उनलाई पक्राउ गरी बेल्टार इला...
खोटाङमा ६ बर्षपछि फोडियो कार्यालयको ताला, सबै उपकरण काम नलाग्ने अवस्थामा

खोटाङमा ६ बर्षपछि फोडियो कार्यालयको ताला, सबै उपकरण काम नलाग्ने अवस्थामा

खोटाङ । महिला तथा बालबालिका कार्यालय खोटाङको ताला ६ वर्षपछि फोडिएको छ । गाउँपालिका तथा नगरपालिकामा सो कार्यालय गाभिएपछि लगाइएको ताला ६ वर्षपछि फोडिएको हो । महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय, महिला तथा बालकालिका विभागअन्तर्गतको कार्यालयमा रहेका भौतिक सामग्री तथा उपकरण काम नलाग्ने अवस्थामा भेटिएका छन् । कार्यालयमा रहेका कम्प्युटर, ल्यापटप, पावर व्याकप, टिभी र काठबाट बनेका टेबल, कुर्सी, द...
तेह्रथुममा कोरोना संक्रमण बढेपछि २३ विद्यालय बन्द

तेह्रथुममा कोरोना संक्रमण बढेपछि २३ विद्यालय बन्द

तेह्रथुम । तेह्रथुममा केही दिन यता पुनः कोरोना संक्रमण बढ्न थालेको छ । संक्रमण बढेपछि मेन्छ्यायेम गाउँपालिकाका २३ विद्यालय एक साताका लागि बन्द गरिएको छ । समुदायस्तरमा कोरोना संक्रमण देखिन थालेपछि न्यूनिकरणका लागि विद्यालय बन्द गर्ने निर्णय गरिएको मेन्छ्यायेम गाउँपालिकाले जनाएको छ । विद्यालयका शिक्षक तथा विद्यार्थीहरुमा संक्रमण फैलन थालेपछि गाउँपालिकाको शिक्षा शाखाले विद्यालय बन्द गर्न सिफारिस ग...
खोटाङको हुर्लुङ–जालपा सडकको पहिरो पन्छाइयो, यातायात सुचारु

खोटाङको हुर्लुङ–जालपा सडकको पहिरो पन्छाइयो, यातायात सुचारु

खोटाङ । खोटाङको रावाबेँसी गाउँपालिका–६ हौंचुरको पोखरीमा खसेको पहिरो पन्छाइएपछि हुर्लुङ–जालपा सडक सुचारु भएको छ । केपिलासगढी र ऐसेलुखर्क गाउँपालिका पुग्ने हुर्लुङ–जालपा सडक अन्तरगत हौंचुर पोखरीमा खसेको पहिरो पन्छाइएपछि यातायात सुचारु भएको हो । हौंचुर पोखरीमा खसेको पहिरो तेस्रोपल्ट पन्छाइएको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका वडाध्यक्ष दानबहादुर राईले जानकारी दिए । पहिरो पन्छाउँदा लाग...
खोटाङमा ६ म्याग्निच्युडको भूकम्प : दुई विद्यालय भवन, एक प्रहरी चौकी र ४७५ घरमा क्षति

खोटाङमा ६ म्याग्निच्युडको भूकम्प : दुई विद्यालय भवन, एक प्रहरी चौकी र ४७५ घरमा क्षति

खोटाङ । खोटाङको साकेला गाउँपालिका–५ मात्तिमविर्तालाई केन्द्रबिन्दु बनाएर आइतबार गएको भूकम्पले हालसम्म जिल्लाभर दुई विद्यालय भवन, एक प्रहरी चौकी र ४७५ घरमा क्षति पुगेको छ। जिल्ला विपद् व्यवस्थापन कार्यालयका अनुसार एक घर पूर्ण रूपमा भत्किएको छ भने अन्यमा चर्किएर क्षति भएको जनाइएको छ। यही साउन १५ गते बिहान ८ बजेर १३ मिनेट जाँदा गएको ६ म्याग्निच्युडको भूकम्पले केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरस्थित...
विद्युत अभावले उदयपुर सिमेन्ट उद्योग २२ दिनदेखि बन्द

विद्युत अभावले उदयपुर सिमेन्ट उद्योग २२ दिनदेखि बन्द

उदयपुर । वर्षातसँगै परेको चट्याङले नेपाल विद्युत प्राधिकरण लहान सबस्टेशनमा क्षति पुर्‍याउँदा गैँडा छाप सिमेन्ट उत्पादन गर्दै आएको उदयपुर सिमेन्ट उद्योग लिमिटेड जलजले २२ दिनदेखि बन्द छ । गत ९ असारमा परेको चट्याङले नेपाल प्राधिकरण लहान सबस्टेशन पूर्ण रुपमा क्षति पुर्‍याएयता कारखाना खुलेकाे छैन । उद्याेग बन्द हुँदा दैनिक ७२ लाख ३० हजार रुपैयाँ घाटा भइरहेकाे उद्याेगका महाप्रबन्धक गोपीकृष्ण न्यौपाने...
उदयपुर र सोलुखुम्बुमा चट्याङ लाग्दा दुई जनाको मृत्यु

उदयपुर र सोलुखुम्बुमा चट्याङ लाग्दा दुई जनाको मृत्यु

विराटनगर । उदयपुर र सोलुखुम्बुका दुई छुट्टा–छुट्टै स्थानमा चट्याङ लाग्दा दुई जनाको मृत्यु भएको छ । मंगलवार बेलुका साढे ६ बजे उदयपुरको चौदण्डीगढी–५ का २५ बर्षीय रोशन चौधरी खेतमा काम गरेर घर फर्कदै गरेको अवस्थामा वर्षासँगै परेको चट्याङ लागेर घाइते भएका थिए । उनलाई उपचारका लागि ईलाका प्रहरी कार्यालय सुन्दरपुरको टोलीले स्थानीय फत्तेपुर अस्पताल पुर्याएको थियो । अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भ...
तेह्रथुम ‘ढाकाको राजधानी’ घोषित

तेह्रथुम ‘ढाकाको राजधानी’ घोषित

तेह्रथुम । तेह्रथुम जिल्ला ‘ढाकाको राजधानी’ घोषित भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र म्याङलुङ नगरपालिकाले सोमबार तेह्रथुमको म्याङलुङमा एक कार्यक्रमको आयोजना गरी जिल्लालाई ‘ढाकाको राजधानी’ घोषणा गरिएको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय सचिव अर्जुनप्रसाद पोखरेलले तेह्रथुमलाई ढाका कपडा राजधानीको जिल्ला घोषणा गरे । म्याङलुङमा स्थानीय खानाका परिकार, स्थानीय सांस्कृतिक झाँकीसहितक...
उदयपुरमा निरन्तर वर्षा हुन थालेपछि समय अघिनै रोपाइँ सुरु

उदयपुरमा निरन्तर वर्षा हुन थालेपछि समय अघिनै रोपाइँ सुरु

उदयपुर । निरन्तर पानी पर्न थालेपछि उदयपुरमा समयअघि धान रोपाइँ सुरु भएको छ । त्रियुगा नगरपालिका क्षेत्रको जोगिदह, पोर्ताह, लक्ष्मीपुर, भुल्के, कौवाइजस्ता स्थानमा दैनिक वर्षा भएकाले समय अघिनै धान रोपाइँ सुरु गरिएको हो । निरन्तर वर्षा सुरु भएसँगै चौदण्डीगढी नगरपालिकाको सुन्दरपुर, देबधारसहित बेलका नगरपालिकाको तपेश्वरी क्षेत्रमासमेत समय अगाडि नै रोपाइँ सुरु भएको सम्बन्धित क्षेत्रका किसान बताउँछन् । ...
ताप्लेजुङमा पहिरोले पुर्दा सासु बुहारीको मृत्यु

ताप्लेजुङमा पहिरोले पुर्दा सासु बुहारीको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका–७ खेवाङमा गएराती पहिरोले पुर्दा सासु बुहारीको मृत्यु भएको छ । बर्षासँगै राती करिब ११ बजे झरेको पहिरोमा पुरिदा सासु तुलसा अधिकारी र बुहारी यशोदा अधिकारीको मृत्यु भएको हो । पहिरोमा परेर बेपत्ता भएका उनीहरुको शव आज बिहान फेला परेको प्रहरीले जनाएको छ । पहिरोले अधिकारी परिवारका दुई वटा घर बगाएको छ । यसोदाका श्रीमान बिष्णु अधिकारीले भागेर ज्यान जोगाएका छन्...
जिसस संखुवासभाको प्रमुखमा गठबन्धनका शाक्य निर्वाचित

जिसस संखुवासभाको प्रमुखमा गठबन्धनका शाक्य निर्वाचित

संखुवासभा । जिल्ला समन्वय समिति संखुवासभाको प्रमुखमा सुमन शाक्य निर्विरोध निर्वाचित भएका छन् । नेकपा (एकीकृत समाजवादी) का शाक्य पुनः दोस्रो पटक प्रमुखमा निर्वाचित भएका हुन् । जिसस संखुवासभाको प्रमुखमा सत्ता गठबन्धन दलले समाजवादीका शाक्यलाई उम्मेदवार बनाएको थियो । स्वतन्त्र उम्मेदवार राजेन्द्र घलेको उम्मेदवारी खारेज भएपछि समाजवादीका शाक्य निर्विरोध निर्वाचित भएका हुन् ।
उदयपुरको त्रियुगा १० को वडाध्यक्षमा बराबरी मत आएपछि गोला प्रथा, एमालेका पाण्डे निर्वाचित

उदयपुरको त्रियुगा १० को वडाध्यक्षमा बराबरी मत आएपछि गोला प्रथा, एमालेका पाण्डे निर्वाचित

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाको वडा नंम्बर १० मा वडा अध्यक्षको मत गणना रोचक बनेको छ । वडा अध्यक्ष पदमा नेपाली कांग्रेसका उमेदवार प्रकाशकुमार खड्का र एमाले उमेदवार किरण पाण्डेको मत बराबरी भएपछि नतिजा रोचक बनेको हो । बराबरी मत आएपछि गोला प्रथामार्फत् एमालेका पाण्डेले बाजी मारेका छन् । नेपाली कांग्रेसका खड्का र एमालेका पाण्डेले समान १०५३ मत ल्याएका थिए । मत बराबरी आएपछि जीतको टुङ्गो लगाउन ...
ताप्लेजुङमा छोराद्वारा बाबु-आमाको हत्या

ताप्लेजुङमा छोराद्वारा बाबु-आमाको हत्या

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-६ लेलेपको गोटीछाँगामा छोराले बाबु-आमाको हत्या गरेका छन् । बिहीबार बेलुका २५ बर्षीय आइतराज लिम्बुले ७० वर्षीय बाबु बृखबहादुर र ७२ वर्षीय आमा फिपरानीको हत्या गरेका हुन् । बाबु-आमाको हत्या गर्ने आइतराजलाई प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । प्रहरीका अनुसार मादक पदार्थ सेवनका कारण घटना भएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ...
ओखलढुंगामा चट्याङ लाग्दा एक जनाको मृत्यु

ओखलढुंगामा चट्याङ लाग्दा एक जनाको मृत्यु

ओखलढुंगा । ओखलढुंगामा चट्याङ लाग्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा खिजिदेम्बा गाउँपालिका–८ भुपिसुर्केका ७० बर्षीय जाङमु शेर्पा छन् । आइतवार साँझ साढे ६ बजे घरैमा बसिरहेका बेला शेर्पालाई चट्याङले लागेको थियो । चट्याङले लाग्दा घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ ।
पाँचथरमा नोबेलको दुई दिने निःशुल्क स्वास्थ्य शिविर, पहिलो दिन नौ सय बिरामीको उपचार

पाँचथरमा नोबेलको दुई दिने निःशुल्क स्वास्थ्य शिविर, पहिलो दिन नौ सय बिरामीको उपचार

पाँचथर । पाँचथरको फालेलुङ्ग गाउँपालिका–३ स्थित मच्छेबुङ्गमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भइरहेको छ । विराटनगरस्थित नोबेल शिक्षण अस्पताल र फालेलुङ्ग गाउँपालिकाको सहकार्यमा दुई दिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो । स्थानीय सरस्वती माध्यमिक विद्यालयमा सञ्चालन भएको शिविरको पहिलो दिन मंगलवार ९६३ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । नाबेल अस्पतालबाट आएका २९ जना डाक्टरहरुको टोलील...
ओखलढुंगामा जिप दुर्घटना: दुई प्रहरीको मृत्यु, ७ घाइते

ओखलढुंगामा जिप दुर्घटना: दुई प्रहरीको मृत्यु, ७ घाइते

ओखलढुंगा । ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका–६ स्थित हिलेपानी नजिकै भँडारेखोलामा आज जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सात जना घाइते भएका छन् । सोलुखुम्बुबाट विराटनगर हिडेको बा १७ च १०९४ नम्बरको जिप बिहान करिव ९ बजे दुर्घटना भएको हो । जिपमा सवारी चालकबाहेक ८ जना प्रहरी रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । प्रहरीका अनुसार जिप सडकदेखि करिव सय मिटर तल खसेको छ । दुर्घटनामा...
तेह्रथुममा निर्मित नागरिक सहायता कक्षको उद्घाटन

तेह्रथुममा निर्मित नागरिक सहायता कक्षको उद्घाटन

तेह्रथुम । जिल्ला प्रहरी कार्यालय तेह्रथुम परिसरमा रहेको नागरिक सहायता कक्ष भवनको आज उद्घाटन गरिएको छ । बिहान एक कार्यक्रमका बिच १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बि.सी.ले नवनिर्मित नागरिक सहायता कक्ष भवनको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै प्रहरी नायव महानिरीक्षक बि.सी.ले गाँस, बासको उचित व्यवस्था भएसँगै प्रहरी कर्मचारीहरुमा काम गर्ने थप ह...
तेह्रथुमको म्याङलुङ बजारमा आगलागी

तेह्रथुमको म्याङलुङ बजारमा आगलागी

तेह्रथुम । तेह्रथुम सदरमुकाम म्याङलुङ बजारमा आज बिहान आगलागी भएको छ । म्याङलुङ नगरपालिका–१ लोकतान्त्रिक चौकमा आगलागी भएको हो । आगलागीमा परी ५ वटा घर जलेको प्रहरीले जनाएको छ । बिहान करिब ६ बजे स्थानीय अर्जुन अधिकारीको घरबाट आगलागी सुरु भएको हो । उनको घरमा श्राद्ध परेकाले बिहान सेलरोटी पकाउँने क्रममा चुल्होवाट आगो सल्किएको बताइएको छ । आगोले छिमेकका अन्य घरहरु पनि जलेका हुन् । आगो नियन्त्रणका लागि...
पाँचथरको यासोक बजारमा आगलागी, घरसहित पाँच पसल जलेर नष्ट

पाँचथरको यासोक बजारमा आगलागी, घरसहित पाँच पसल जलेर नष्ट

पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिकाको केन्द्र यासोक बजारमा गएराती आगलागी भएको छ । आगोले स्थानीय झरेन्द्र खतिवडाको घरसहित पाँच वटा पसल जलेर नष्ट भएका छन् । आगलागीमा इलेक्ट्रोनिक, जुत्ता, टेलर्स, एग्रोभेट र कस्मेटिक पसल पनि जलेका हुन् । खतिवडाको घरमा रहेको जुत्ता पसलबाट राती करिब ८ बजे आगलागी सुरु भएको हो । आगो नियन्त्रणका लागि पाँचथर सदरमुकामबाट दुई वटा दमकल आएका थिए । दमकलको सहयोगमा नेपाल प्र...
error: Content is protected !!