खोटाङमा गुडिरहेको बसमा आगलागी
खोटाङ । खोटाङमा आज साँझ गुडिरहेको बसमा आगो लागेको छ । हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित कदुवामा गुडिरहेको बा ३ ख ८९८१ नम्बरका यात्रुवाहक बसमा आगो लागेको हो ।
सो बस काठमाडौँबाट यात्रु लिएर खोटाङ आउँदै थियो । घटनामा मानवीय क्षति भने भएको छैन । तर, बस र बसमा भएका सामानहरु जलेर नष्ट भएको प्रहरीले जनाएको छ । गुड्दै गरेको बसको इन्जिनबाट आगो निस्केको यात्रुहरुले बताएका छन् ।
गुडिरहेको बसमा आ...































